Search

फुटेको ढुंगाको बारेमा मात्र कुरा गर्नु भन्दा पनी किन र के का लागि ढुंगा फुटेको छ भन्ने कृरा बुझ्नु पर्ने भएकोले यस बारेमा दोलखावासीहरु निर्धक्क रही सहयोग गर्नु पर्ने आवश्यकता रहेको छ : वडाध्यक्ष विराजमान श्रेष्ठ

फुटेको ढुंगाको बारेमा मात्र कुरा गर्नु भन्दा पनी किन र के का लागि ढुंगा फुटेको छ भन्ने कृरा बुझ्नु पर्ने भएकोले यस बारेमा दोलखावासीहरु निर्धक्क रही सहयोग गर्नु पर्ने आवश्यकता रहेको छ : वडाध्यक्ष विराजमान श्रेष्ठ

बाँपीझ्याला, दोलखा । २०७२ सालमा गएको विध्वशंकारी भुकम्पले क्षतविक्षत पारेको क्षेत्रहरु मध्य दोलखा जिल्ला भीमेश्वर नगरपालीका वडा नं. –२ स्थित ऐतिहासिक शहर पनी त्यतीकै प्रभावित भएको छ । यही क्रममा हाल यहाँ पुर्ननिर्माण तिव्र रुपमा अगाडी बढी रहेको छ । विशेषतः दुङ्गल, नसु, पिङ्गल, कोतसाल, बहिर, नक्छे, श्यामसुन्दर, कोर्छे, लिखन्छे, गणेश टोल, चामसली, पालचुटी लगाएकाका टोलहरुमा पुर्ननिर्माणको घरहरु बन्ने क्रम करिव करिव अन्त अन्ततिर आईसकेको छ ।


तर माथिल्लो टोलमा यतिबेला पुर्ननिर्माणको कार्य तिव्र रुपमा भईरहेको देखिन्छ । यसरी तिव्र रुपमा बनी रहेको घरहरु र घर बनाउन ल्याएको रोडा, ढुङ्गा र बालुवाहरुले ओगटेको स्थानहरु र बाटोमा ओछ्याएको ढुंगाहरु फुटेको बारेमा वडाध्यक्ष विराजमान श्रेष्ठ संग जिज्ञासा राख्दा वहाँले यतीवेला बजार क्षेत्र लगाएत पुर्ननिर्माण भईरहेको क्षेत्रहरु कुनै कसर उद्योग भन्दा कम देखिएको छैन । त्यसैले यतिवेला यस्को विकल्प पनी छैन त्यसैले यस्तो अवस्था देखिएको हो ।

पुर्र्ननिर्माण भएको बेला ठुला ठुला ट्रिपरहरुबाट बालुवा, रोडा र ढुंगाहरु ल्याएको कारणले धेरै ढुंगाहरु फुटेको छ । यस बारेमा वडाले चासो राखेको भएपनी तुरुन्तै यसको विकल्प छैन र पुर्ननिर्माण भए पश्चात फुटेको ढुंगाहरु हटाएर अर्को ढुंगा ओछ्याउने योजना रहेको कारणले अहिले आत्तीनु नपर्ने भनाई व्यक्त गर्नु भयो ।


यसै गरी अगाडी भन्नु भयो आपत विपत पर्दा बाटो नभएको ठाउँमा बाटो खोलेर स्थानिय जनतालाई सुविधा दिनु पर्ने हुन्छ यसै गरी समस्याबाट उम्कन्न स्थानिय जनताहरुले अहिले आ–आफ्नो घर बनाएको बेला हामी सवै मिल्नु पर्ने कुरामा जोड दिनु भयो । औषत तौल भन्दा बढी तौलको गाडीहरु बाटोमा गुडाउदा ढुगां फुटेको छ ।


पुर्ननिर्माण पछी यसको लागि आफुले पहल गर्ने कुरा बताउदै यस बारेमा यस बाँपीझ्याला अनलाईन पत्रिका मार्फत के भन्न चाहन्छु भने अहिले स्थानिय वासिन्दाहरुलाई घर बनाउन प्राथमिकता दिईएको छ त्यसैले फुटेको र विग्रेको ढुंगाको बारेमा मात्र कुरा गनु भन्दा पनी किन र के का लागि भएको भन्ने कृरा बुझ्नु पर्ने भएकोले यस बारेमा दोलखावासीहरु चिन्तामुक्त भएर एकले अरुलाई सहयोग गर्न पनी आग्रह गर्नु भएको भनाई राख्नु भयो ।

दोलखाको चाडपर्ब तथा जात्राहरु

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!