Search

काँक्रो खेती प्रविधि

काँक्रो खेती प्रविधि
लोक शास्त्र श्रेष्ठ
कृषि विज्ञ

परिचय :
लहरे वाली अन्तर्गत पर्ने यो वालीमा ९० प्रतिशत भन्दा बढि पानीको मात्रा हुनाले गर्मी समयमा उपभोक्ताले धेरै रुचाउने गर्दछन् । प्लाष्टिकको सुरुङ्गमा जाडोको समयमा उत्पादन गर्दा राम्रो आम्दानी गर्न सकिन्छ । यसमा अन्य तरकारीको तुलनामा पौष्टिक तत्व नपाएता पनि भिटामिन बी र सी केहि मात्रामा पाईन्छ र साथसाथै यसको उपभोगले ग्यास्ट्रिक र कब्जियतको लागि फाइदा पुग्दछ ।

हावापानी :
६०–१५०० मिटर उचाई र १८–३५० सेन्टिग्रेड तापक्रम भएको क्षेत्र उपयुक्त हुन्छ । यसले धेरै तापक्रम र धेरै चिसो सहन सक्दैन र यसले तुषारो पनि खप्न सक्दैन ।

माटो :
प्राङ्गारिकयूक्त बलौटे दोमट वा बलौटे पाँगो वा दोमट माटो र माटोको पी.एच ५.५—६.५ को बीचमा भएको राम्रो मानिन्छ ।

उपयुक्त जातहरु :
क) उन्नत जातहरु : भक्तपु्र लोकल, कुसुले, प्वाइन्ट सेट
ख) बर्णशंकर जातहरु : निन्जा, महीको ग्रीनलङ, मालिनी, सुपर डाईनेष्टी, गौरी, प्रिया, बेली

रोप्ने र बाली लिने समय :
नर्सरी राख्ने : फागुण, चैत्र, बैशाख, जेष्ठ र अषाढ
रोप्ने : चैत्र, बैशाख, जेष्ठ, अषाढ र श्रावण
टिप्ने : बैशाख, जेष्ठ, अषाढ, श्रावण, भाद्र र असोज

बीउ दर :
उन्नत जातको लागि ५० देखि ७५ ग्राम प्रति रोपनी
बर्णशंकर जातको लागि २० ग्राम प्रति रोपन
बेर्ना भए २५० देखि ३०० वटा प्रति रोपनी

नर्सरी व्यवस्थापन तथा बेर्ना उत्पादन :
काँक्रो खेतीको लागि मौसमी महिनामा सिधै बारीमा बीउ रोप्न सकिन्छ भने बेमौसमी महिनाको लागि प्लाष्टिक टनेल भित्र प्लाष्टिक थैलोमा बेर्ना उत्पादन गरि बारीमा सार्न सकिन्छ तर दुबै मौसममा बेर्ना उत्पादन गरि खेती गर्दा धेरै राम्रो हुन्छ । बेर्ना उत्पादन गर्ने तरिका ः
सामग्रीहरु जस्तै बीउ, प्लाष्टिक थैलो , प्लाष्टिक, बाँसको भाटा, कुटो, कोदालो, प्लाष्टिक डोरी, जैविक विषादी, मल, वालुवा वा खरानी आदि ।

– मथि चित्रमा देखाएको जस्तै जङ्गलको माटो भए आधा भाग जङ्गलको माटो र आवश्यक पाकेको मल मिसाएर माटो तयार गर्न सकिन्छ । यदि माटो चिम्टाईलो छ भने एक भाग माटो, दुई भाग गोठे मल र एक भाग वालुवा वा खरानी मिसाएर माटो तयार पार्न सकिन्छ ।
– तयार भएको माटोलाई जैविक विषादीले उपचार गर्नु पर्दछ जस्तै ट्राइकोडर्मा र निम पाउडर ।
– तयारी माटोलाई प्लाष्टिकको थैलामा ४ से.मि. जति खाली हुने गरि भर्नु पर्दछ र नर्सरी व्याड तयार पारी लाईन मिलाएर राख्नु पर्दछ ।
– त्यसपछि दुई दुईवटा बीउ खसालेर माटोले पुर्ने र हल्का हत्केलाले थिचेर हल्का सिचाई गर्ने ।
– यदि बेमौसमीको लागि हो भने टनेल बनाई हावा नछिर्ने गरी प्लाष्टिकले ढाक्ने र मौसमीको लागि पर्दैन ।

जग्गाको तयारी :
एक दुई पटक खनजोत गरी झारपातहरु राम्रोसंग केलाउनु पर्दछ र माटोलाई बुरबुराउँदो बनाउनु पर्दछ । यसरी खनजोत गरी सकेपछि १८० से.मि. चौडाई र आवश्यक्ता अनुसार लम्वाई, १५ से.मि. अग्लो र दुई ड्याङ्गको बीचमा २५ से.मि. कुलेसो भएको ड्याङ्ग तयार पार्नु पर्दछ ।

मलखाद :
प्रत्येक बोटलाई प्राङ्गारिक मल ५ केजी, जाईम मल १० ग्राम, माटोको भिटामिन १० ग्राम, पोषण दानादार १० ग्राम, मिट मिल २०० ग्राम, हड्डीको चुर्न २०० ग्राम, पिना २०० ग्राम मिलाएर खाल्डोमा माटोसंग मिलाएर हाल्न सकिन्छ । अण्डाको बोक्रा र केराको बोक्रा सुकाई त्यसको चुर्न बनाएर १० ग्रामको हिसावले प्रत्येक खाल्डोमा हाल्न सके विरुवाले शुक्ष्म खाद्यतत्व राम्रोसंग पाउन सक्दछ ।

बेर्ना सार्ने तरिका :
एउटा ड्याङ्गमा हार देखि हारको दुरी १५० से.मि. र बोट देखि बोटको दुरी ९० से.मि. हुनु पर्दछ र त्यस अनुसार खाल्डो खनेर माथि तोकीएको अनुसार मल खाल्डोको माटोसंग मिलाउनु पर्दछ । बेर्ना सार्दा खेरि प्लाष्टिकको थैलोलाई ब्लेडले चिरेर माटो सहित रोप्नु पर्दछ र हल्का सिंचाई गर्नु पर्दछ ।

थप मलखाद :
झोलमा पाईने २ देखि ३ प्रकारका जैविक शुक्ष्म खाद्यतत्व १५ दिनको फरकमा बोटमा छर्ने र केरा र अण्डाको बोक्राको चुर्न, पिना १५ ग्राम २० दिनको फरकमा २ पटक बोटको वरिपरि माटोमा मिलाउदा बोट स्वस्थ हुन्छ ।


थाँक्रा दिने :
थाँक्राको लागि बाँसको भाटा र डोरी वा रुखको हाँगा प्रयोग गर्न सकिन्छ जसले बोट र फलमा माटोबाट लाग्ने रोग लाग्न पाउँदैन र फल स्वस्थ हुन्छ । यदि थाँक्रा पाएन भने जग्गामा परालको छापो राख्न सकिन्छ ।

गोडमेल :
बे र्ना रोपेको २० दिनपछि एक पटक गोडमेल गर्ने र ३ पटक जति झारपात उखेल्ने गर्नु पर्दछ । यदि प्लाष्टिकको छापो दिई बेर्ना रोपेमा गोडमेलको आवश्यक्ता पर्दैन ।

सिंचाई :
आवश्यक्ता अनुसार एक हप्ताको फरकमा कुलेसोमा पानी लगाउन सकिन्छ वा ड्याङ्गमा थोपा सिंचाई प्रविधि प्रयोग गर्न सकिन्छ ।

बाली संरक्षण :
मुख्य किरा र रोगका रोकथामको उपायहरु

– औंसा किरा : यस किराले फलमा पूmल पार्ने र पछि त्यसको लार्भाले फल नै कुहाई दिन्छ र यसको प्रकोप नराम्रोसंग बढेर जान्छ । यसको रोकथामको लागि पूmल र लार्भालाई टिपेर नष्ट गर्नु पर्द छ र त्यस्तैगरी फेरोमोन पासो थापी प्रभावकारी ढङ्गबाट नियन्त्रण गर्न सकिन्छ ।
– खपटे किरा : यस किराले पात कोतरेर खान्छ र पात जाली जस्तो बन्न पुग्दछ । जस्लेगर्दा बोट स्वस्थ हुन पाउँदैन र उत्पादनमा कमी आउँदछ । त्यसकारण यसको रोकथामको लागि पहिलो घाम नलाग्दै विहानै किरा टिपेर मार्ने र दोश्रो जैविक विषादी जस्तै निम र अन्य विषादी एक हप्ताको फरकमा छर्दैगर्दा राम्रो हुन्छ ।
– मुख्यगरी खराने रोग र भाईरसजन्य रोगहरु लाग्दछ जसलेगर्दा बाली नै नष्ट पारी दिन्छ त्यसकारण खराने रोगको लागि ट्राइकोडर्मा र वेष् डिकम्पोजर प्रयोग गर्न सकिन्छ र भाईरसजन्य रोगको लागि भिरकोन एच, भिक्टो भाईरस र गहँुत प्रयोग गर्न सकिन्छ ।

उत्पादन प्रतिरोपनी : १५०० देखि २३००, खर्च प्रति रोपनी ८ हजार देखि १२ हजारसम्म, आम्दानी प्रतिरोपनी २० हजार देखी ५० हजारसम्म, अनुमानीत नाफा १२ हजार देखि ३८ हजार सम्म ।

श्रोत : कृषि सहयोगी पुस्तिका, किसान परियोजना

Written by 

Related posts

Leave a Comment