Search

चौतर्फी दबाबपछि रामकुमारी झाक्रीलाई प्रहरीले रिहा ग¥यौ

बाँपीझ्याला, काठमाण्डौं । नेकपा दाहाल-नेपाल पक्षकी नेतृ रामकुमारी झाक्रीलाई प्रहरीले रिहा गरेको छ। बिहीवार दिउँसो शंखमूलस्थित निवासबाट पक्राउ परेकी नेतृ झाक्रीलाई बिहीबार साँझ प्रहरीले रिहा गरेको हो।

प्रहरीको अपराध अनुसन्धान महाशाखाले राज्यबिरुद्ध अभियोगमा नेतृ झाक्रीलाई बिहीबार दिउँसो पक्राउ गरेको थियो।

नेकपा, कांग्रेसलगायत मुख्य दलहरुका प्रमुख नेताहरुले झाक्री पक्राउको विरोध गर्दै तत्काल रिहाइको माग गरेका थिए।

नेतृ झाक्रीले गोरखामा भएको एउटा सभामा राष्ट्रपति विद्यादेवी भण्डारीबिरुद्ध लाञ्छना लगाएको भन्दै उनलाई पक्राउ गरिएको हो।

काठमाडौँ- नेकपा दाहाल-नेपाल पक्षकी नेतृ रामकुमारी झाक्रीलाई प्रहरीले रिहा गरेको छ। बिहीबार दिउँसो शंखमूलस्थित निवासबाट पक्राउ परेकी नेतृ झाक्रीलाई बिहीबार साँझ प्रहरीले रिहा गरेको हो।

प्रहरीको अपराध अनुसन्धान महाशाखाले राज्यबिरुद्ध अभियोगमा नेतृ झाक्रीलाई बिहीबार दिउँसो पक्राउ गरेको थियो।

नेकपा, कांग्रेसलगायत मुख्य दलहरुका प्रमुख नेताहरुले झाक्री पक्राउको विरोध गर्दै तत्काल रिहाइको माग गरेका थिए।

नेतृ झाक्रीले गोरखामा भएको एउटा सभामा राष्ट्रपति विद्यादेवी भण्डारीबिरुद्ध लाञ्छना लगाएको भन्दै उनलाई पक्राउ गरिएको हो।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!