Search

माछापुच्छ्रे बैंक लिमिटेड पहिलो आफ्नै मोवाईल वालेट “रेमिट्याप”

माछापुच्छ्रे बैंक लिमिटेड पहिलो आफ्नै मोवाईल वालेट “रेमिट्याप”

२९ माघ, बाँपीझ्याला, काठमाण्डौं । माछापुच्छ्रे बैंक लिमिटेडले मोवाईल वालेट “रेमिट्याप” संचालनमा आएको छ । ग्राहकवर्गहरुमा सुविधालाई मध्यनजर गर्दै तथा डिजिटल बैंकिङ्ग सुविधाहरुलाई हरेक तह सम्म पुर्याउने उद्धेश्यले बैंकले आफ्नै मोवाईल वालेट संचालनमा लयाएको हो ।

रेमिट्याप मोवाईल वालेट अत्यन्त सुरक्षित छ र चलाउन एकदमै सहज रहेको छ । रेमिट्यापमा नेपालमा यसअघि कुनैपनि वालेटमा नभएका विशेषताहरु छन् ।

भर्चुअल कार्ड सिर्जना गरि उक्त कार्डबाट भुक्तानी गर्ने, साथीलाई उक्त भर्चुअल कार्ड गिफ्ट गर्न सकिने, एउटै अकाउन्टबाट व्यक्तिगत तथा मर्चेन्ट दुबै कारोबार गर्न सकिने, आफ्नो व्यक्तिगत विवरण केवाईसी भिडियो मार्फत अपलोड गर्न सकिने लगायतका विल्कुलै नयाँ विशेषताहरु रहेका छन् ।

यसका साथै रेमिट्याप बिशेषगरि बिदेशबाट रेमिट्यान्स वालेटमा पठाउन तथा पाउन उपयोगी हुनेछ । रेमिट्यापले बिदेशको साथै नेपाल भित्र नै एक ठाउबाट उर्को ठाउमा आन्तरिक रेमिट्यान्सको कारोबार गर्न पनि यसले सहज बनाउने छ ।


यसरी रेमिट्यापबाट पठाएको रेमिट्यान्स देशैभर छरिएका ७००० भन्दा बढि एजेन्टहरुबाट तुरुन्तै नगद भुक्तानी लिन सकिनेछ । यसबाहेक रेमिट्याप वालेट भित्र अन्य बिभिन्न सेवाहरु खानेपानी, बिजुली, टेलिफोनको बिल तिर्ने लगायतका थुपै विशेषताहरु रहेका छन् ।

नेपाली तथा अङग्रेजी दुबै भाषामा यो एप चलाउन सकिने भएकाले हरेक तहमा ग्राहकहरुको डिजीटल आवश्यकता रेमिट्यापले पूरा गर्ने विश्वास बैंकले लिएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!