Search

रोशनले ल्याए गीत ‘धुनधान बिहे भैराछ’

रोशनले ल्याए गीत ‘धुनधान बिहे भैराछ’

बाँपीझ्याला, काठमाण्डौं । गायक रोशन गैरेको लोक दोहोरी गीत ‘धुनधान बिहे भैराछ’ सार्वजनिक भएको छ । गीतमा गायक गैरेकै शब्द तथा संगीत रहेको छ । गीतमा संगीत संयोजन भने कृष्ण बिकको रहेको छ । दुई प्रेमीको प्रेम कहानी ब्यक्त गरेको गीतमा रोशनलाई समीक्षा अधिकारीले साथ दिएकी छन् ।

गीतको भिडियोमा गायक रोशन आफै मोडलिङमा देखिएका छन् । उनलाई साथ रोशनी कार्की र रोशन केसीको पनि अभिनय रहेको छ । प्रकाश भट्टको निर्देशन रहेको र चितवनमा छायाँकन भएको भिडियोमा नवराज उप्रेतीको छायाँकन, बिष्णु शर्माको सम्पादन रहेको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!