२९ माघ, बाँपीझ्याला, काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालममा नेपालमा कोरोनाभाइरसका ८१ जना नयाँ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार पछिल्लो चौबीस घण्टामा ८१ जना सङ्क्रमित थपिएको र १११ जना सङ्क्रमित निको भएको जनाएको छ ।
मन्त्रालयका अनुसार हालसम्म दुई लाख ७२ हजार ४३० जना सङ्क्रमित भएको र दुई लाख ६८ हजार ६६० जना निको भएका छन् । मन्त्रालयले २१ लाख सात हजार ६४९ जनाको आरटीपीसीआर परीक्षण गरिएको उल्लेख गरेको छ ।
हाल एक हजार ७१८ जना आइसोलेशनमा छन् । ८७ जना क्वारेन्टिनमा छन् । कोभिड–१९ को सङ्क्रमणबाट पछिल्लो चौबीस घण्टामा पाँच जना सङ्क्रमितको मृत्यु भएको छ ।
चौबीस घण्टामा थपिएका मृतकसँगै नेपालमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या दुई हजार ५२ पुगेको छ ।