Search

पिएसजीको जितमा एमबाप्पे र आइकार्डीको गोल

पिएसजीको जितमा एमबाप्पे र आइकार्डीको गोल

बाँपीझ्याला, काठमाण्डौं । फ्रेन्च लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा पेरिस सेन्ट–जर्मेन (पिएसजी) विजयी भएको छ । अवे मैदानमा भएको खेलमा पिएसजीले मार्सेइलीलाई २–० ले पराजित गरेको हो । पिएसजीका लागि नवौँ मिनेटमा केलियन एमबाप्पे र २४ औँ मिनेटमा आइकार्डीले गोल गरेका हुन् ।

९० औँ मिनेटमा पेयट सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि केही समय मार्सेइली १० खेलाडीमा सीमित भएको थियो ।

जितपछि २४ खेलबाट ५१ अंकसहित पिएसजी तेस्रो स्थानमा छ । आइतबार राति नै भएको खेलमा नान्टेसलाई २–१ ले पराजित गरेको लिले २४ खेलबाट ५४ अंकसहित शीर्ष स्थानमा पुगेको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!