२५ माघ, बाँपीझ्याला, काठमाण्डौं । माननीय सूचना ,प्रबिधी तथा सन्चार मन्त्री पार्वत गुरुङज्युलाई दोलखाका समाजसेवी आत्मकृष्ण श्रेष्ठको नेतृत्वमा गएको टोलीले भेट गरी दोलखामा प्रस्तावित गरिएको इन्जिनियर कलेज निर्माणका लागि जग्गा प्राप्ती सम्बन्धि जग्गा करण्डी बन उपभोक्ता समितिले गरेको निर्णय र भीमेश्वर नगरपालीका वडा न २ ले दोलखा दिएको सिफारिस पत्र समेत बुझाई ईन्जिनियर कलेज निर्माणका लागि आवश्यक पहल गरिदिन हुन अनुरोध गरिएको छ ।
माननीय मन्त्री गुरुङबाट कलेज निर्माणका लागि संघिय स्तरमा आवश्यक पहल गर्ने प्रतिबद्धता ब्यक्त जानकारी कालिञ्चोक युवा क्लवका कोषाध्यक्ष शान्त श्रेष्ठले जानकारी दिनु भयो । उक्त सिफारिस सहितको अनुरोध पत्र बरिष्ठ समाजसेवी आत्माकृष्ण श्रेष्ठ, द्वाल्खा गुठीका सदस्य भल्ला मास्के, कालिञ्चोक युवा क्लवका कोषाध्यक्ष शान्त श्रेष्ठ, दोलखा म्यासमुचा खलकका अध्यक्ष कलावती श्रेष्ठ, सचिव यजु श्रेष्ठ, बर्जवती बचत ऋण सहकारी संंस्था लि का अध्यक्ष सुनील श्रेष्ठ र भेड्पु गाउँपालीकाका नर बहादुर श्रेष्ठ समेतको उपस्थिती रहेको थियो ।
