Search

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर यहि साताबाट कारोबारमा

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर यहि साताबाट कारोबारमा

२५ माघ, बाँपीझ्याला, काठमाण्डौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर यहि साताबाट कारोबारमा आउने भएको छ। बैंकको शेयर सूचीकरणको सबै प्रकृया सकिएर नेप्से पुगेको छ। त्यस अनुसार बैंकको शेयर अब नेप्सेमा सूचीकृत भएर यहि साता देखिनै कारोबारमा आउने भएको हो।

बैंकको शेयर भने शेयरधनीको डिम्याट खातामा जम्मा भइसकेको छ। बैंकको शेयर निफ्रा (NIFRA) कारोबार संकेतमा जम्मा भएकाे हाे।

बैंकको शेयर सूचीकरणका आवश्यक सबै कागजपत्र आइसकेको नेप्सेले जनाएको छ। उक्त कागजपत्र अध्ययन गरेपछि सूचीकरणका लागि सम्झौता हुनेछ। नेप्से र कम्पनीबीच सूचीकरण सम्बन्धि सम्झौता भएपछि शेयर सूचीकरण भएको एक दिन पनि कारोबार शुरु हुनेछ।

यसै साता देखि नै कारोबारमा आउने गरि नेप्से सूचीकरण हुने नेप्सेले जनाएको छ।


बैंकले माघ २ गतेदेखि ६ गतेसम्म जारी पूँजी २० अर्ब रुपैयाँको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो। त्यसमध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्टाएर बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणलाई निष्काशनमा ल्याएको थियो।

हाल बैंकको चुक्ता पूँजी १२ अर्ब रुपैयाँ रहेको छ। ८ अर्ब रुपैयाँ बराबरको आईपीओ बाँडफाँट पश्चात बैंकको चुक्ता पूँजी २० अर्ब पुग्नेछ।

Written by 

Related posts

Leave a Comment