Search

कोरोना अपडेट: थप ११९ जनामा संक्रमण पुष्टि, ३ जनाको मृत्यु

कोरोना अपडेट: थप ११९ जनामा संक्रमण पुष्टि, ३ जनाको मृत्यु

२५ माघ, काठमाडौं । बितेको २४ घण्टामा नेपालमा ११९ जना कोरोना संक्रमित थपिएका छन् ।यो अवधिमा २६० जना कोरोना संक्रमित निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आइतबार अपरान्ह अद्यावधिक गरिएको छ ।

बितेको २४ घण्टामा तीनजना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या २ हजार ३८ पुगेको छ । नेपालमा हालसम्म संक्रमित हुनेको संख्या २ लाख ७१ हजार ९ सय २५ रहेको छ भने निको हुनेको संख्या २ लाख ६८ हजार ७२ जना रहेको छ ।

आइतबारसम्म नेपालमा १ हजार ८१५ जनाको संक्रमित बाँकी रहेका छन् ।

हालसम्म २० लाख ९३ हजार ४१७ पिसिआर परीक्षण भएको छ भने १ हजार ८१५ जना आइसोलेसनमा रहेका छन् । स्वास्थ्य मन्त्रालयमा ९२ जना क्वारेन्टिनमा रहेका छन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!