अजय प्रधान,
२४ माघ, बाँपीझ्याला, दोलखा । प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेसका भातृ संस्थाहरूले दोलखामा मौन विरोध प्रदर्शन गरेका छन् । नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल शिक्षक संघ, नेपाल प्रेस युनियन नेपाल निजामती कर्मचारी युनियन, नेपाल सांस्कृतिक स.घ, लगायतका शुभेच्छुक संस्थाहरूको आहृवानमा मौन विरोध प्रदर्शन गरेको छ ।
नेपाल ट्रेड युनियन कांग्रेस,को कार्यालयबाट निस्कीएको मौन विरोध प्रदर्शन बजारको परिक्रममा गरेको थियो । नेपाल ट्रेड युनियन कांग्रेसका सभापति रामजी प्रसाद चौलागाई , नेपाल शिक्षक संघ गोबिन्द नारायण मानन्धरको नेतृत्वमा प्रतिनिधि सभा विघटनविरुद्ध मौन प्रदर्शन भएको थियो ।
प्रदर्शनमा सहभागीहरूले प्रतिनिधसभा पुनर्स्थापना गर, संवैधानिक सर्वोच्चता कायम गर, सर्वसत्तावाद मुर्दावाद, पेसाकर्मीले चिन्यो वर्तमान सरकार, महामारीमा पनि भ्रष्टाचार, पेसाकर्मीलाई बनायो आहात, महामारीमा पनि दिएन राहत जस्ता नारा लेखिएका प्ले कार्ड बोकेर बजारको परिक्रमा गरेका थिए ।