Search

सदरमुकाम चरिकोटमा प्रथम नगर परिषद सम्पन्न

सदरमुकाम चरिकोटमा प्रथम नगर परिषद सम्पन्न

अजय प्रधान,
२४ माघ बाँपीझ्याला, दोलखा ।
नेपाल शिक्षक महासंघ भिमेश्वर नगर समितीको प्रथम नगर परिषद दोलखा जिल्लाको सदरमुकाम चरिकोटमा सम्पन्न भएको छ । नेपाल शिक्षक महासंघ दोलखाका अध्यक्ष पदम जिरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त प्रथम नगर परिषदमा भीमेश्वर नगरपालिका कार्यरत २ सय ५० जनाको शिक्षकहरुको सहभागीता रहेको छ ।

नेपाली शैक्षिक बजारमा बिक्ने जनशक्ति उत्पादन गर्न स्वाभिमानी शिक्षकहरु निरन्तर लाग्ने प्रतिबद्धता गदै प्रथम नगर परिषद सम्पन्न भएको छ । गुरुकुल शिक्षा प्रणालीबाट भएको नेपालको शैक्षिक इतिहास समयको फेरवदलसँगै विभिन्न खाले समस्याहरु झेल्दै २००७ साल पछि शैक्षिक विकास र शिक्षणमा क्रमिक सुधार हुँदै आएको जिरेलले बताए ।

शिक्षण पेशामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने शिक्षकहरु पनि समयानुकुल आफ्नो पेशालाई मर्यादा कायम गर्न हक र अधिकारको प्राप्ति गर्न सेवा सुरक्षा लागायत गुणस्तरीय सेवा प्रदान गरी सम्मानित पेशा निर्माण गर्न शिक्षकहरुको संगठनलाई वैधानिकता दिलाउने उद्देश्यले निर्दिष्ट भएर २०३६ शिक्षकका साझा संस्था बनेको थियो ।
जसले नेपाली शिक्षकहरु प्राप्ति भन्दा गुमाउने चरणको रुपमा अगाडी बढ्यो । “फुटले गुमाउछ र जुटले उपलब्धिमा पुयाउछ’ भन्ने मान्यता राखि तत्कालिन पेशागत राज्य संगठनहरुको अगुवाईमा नेपाल शिक्षक युनियनको गठन भएको शिक्षक नेता शंकरलाल श्रेष्ठले बताए ।

युनियनले पनि सबै विचार र शैक्षिक समूहलाई समेटन नर्मदा तत्कालिन शिक्षक गुनियन, शैक्षिक गणतान्त्रिक मञ्च, मधेसी शिक्षक युनियन बीच एकता भई बि.स. २००१ माघ २७ गतें विद्यालयहरुमा कार्यरत शिक्षक कर्मचारीहरुको साझा स्थतल र वैधानिक मान्यता प्राप्त नेपाल शिक्षक महासंघको विधिवत घोषणा भएको नेपाल शिक्षक संघ दोलखाका अध्यक्ष गोविन्द नारायण मान्नधरले बताए ।

भीमेश्वर नगर महासंघका अध्यक्ष बालकृष्ण दहालले यो समितीले अपायक परेका शिक्षकहरुलाई घर पाएक सरुवा ल्याउन पहल गरेको बताए । उनले भने मिडिया सन्जाल निर्माण गरि शिक्षकका हरेक निर्णय र सन्देशहरु सबै सदस्यहरुमा पुन्याइने व्यवस्था गरिएको छ । नगर शिक्षा समितिमा महासंघबाट प्रतिनिधित्व गराइएकोछ । नगर भित्रका कार्मचारी तथा शिक्षकहरुको अभिलेखिकरण यो समितीले गरेको छ ।


महासंघका उपाध्यक्ष राजेश बस्नेतले “प्राथमिक दरवन्दीका शिक्षकहरु अन्य पालिकामा पठाउने नीति भएता पनि पेशागत सुरक्षाका लागि नगर भित्रका राख्न सफल भएकोछ । दरबन्दी लाई आन्तरिक मिलान गर्न सफल भएको छ । शिक्षकको स्थानीय भत्ताको लागि सम्बन्धित निकायमा ध्यानाकर्षण गराईएको छ । पेशागत हकहित र सुरक्षाका लागि आवज गुलन्द गर्दै आएको छ ।”

दोलखाको चाडपर्ब तथा जात्राहरु

Written by 

Related posts

Leave a Comment