२४ माघ, बाँपीझ्याला, काठमाण्डौं । काठमाडौं उपत्यकाका ट्याक्सी व्यवसायीहरु विभिन्न माग राख्दै आन्दोलित भएका छन् । शनिबार उनीहरुले आफ्ना ट्याक्सीसहित र्याली निकाले । ट्याक्सी व्यवसायीहरु काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ट्याक्सीसहित माइतीघरमा भेला भएका थिए ।
वैज्ञानिक भाडादर कायम गर्नुपर्ने, बन्द, हड्तालको नाममा ट्याक्सीसहित सार्वजनिक यातायातका साधन तोडफोड र आगजनी बन्द गरिनुपर्नेलगायतका मागसहित उनीहरुले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागी ट्याक्सीचालकहरुले ‘ट्याक्सी क्षेत्रलाई धरासायी बनाउने अवैध गतिविधि बन्द गर’, ‘राजनीतिक हस्तक्षेप बन्द गर’, ‘ट्याक्सी व्यवसासीको लगानी सुरक्षित गर’लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।