Search

आर्मीको चौदण्डीगढीमाथि ९–० को जित

आर्मीको चौदण्डीगढीमाथि ९–० को जित

बाँपीझ्याला, काठमाण्डौं । माघ २४ गते । त्रिभुवन आर्मी फुटबल क्लबले राष्ट्रिय महिला लिग अन्तगर्तको दोस्रो चरणको पहिलो खेलमा चौदण्डीगढीमाथि जित हात पारेको छ । आर्मीले चौदण्डीगढीमाथि ९–० को जित हात पारेको हो ।


सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज सम्पन्न एक मात्र खेलमा रश्मि घिसिङले चार गोल गर्नुभयो । शर्मिला थापाले दुई र भुजङ्गा राई र अञ्जली वाइबाले सामान एक एक गोल गर्नुभयो । अलिमित लेप्चाले आफ्नै पोष्टमा गोल गरेपछि आर्मीले ९–० को जित हात पार्न सफल भयो ।


जितसँगै आर्मीले शीर्ष स्थानको सशस्त्र प्रहरी बल(एपीएफ) भन्दा अङ्कतालिकामा अङ्क दूरी कम गरेको छ । एपीएफले आर्मीको भन्दा एक खेल कम खेल्दा दुई अङ्कको अग्रता कायम गरेको छ । चौदण्डीगढी भने सात खेलमध्ये एउटैमा जित्न नसक्दा अङ्कतालिकाको पूछारमा सीमित हुन गएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!