Search

राम र सीता बनेर आउँदै ऋतिक र दीपिका

राम र सीता बनेर आउँदै ऋतिक र दीपिका

२४ माघ, बाँपीझ्याला, एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता ऋतिक रोशन चाँडै नै फिल्म ‘फाइटर’ मा देखिँदैछन् । यसको निर्देशन सिद्धार्थ आनन्दले गरिरहेका छन् । यी दुुई कलाकार एकसाथ पर्दामा देखिन लागेको यो पहिलो अवसर हो । यति नै बेला दुुबै कलाकार रामायणमा आधारित नयाँ फिल्ममा पनि देखिने सम्भावना बढेको छ ।

मधुमन्टेनाले निर्माण गर्न लागेको यस थ्रिडी फिल्ममा ऋतिकले श्रीराम र दीपिकाले सीता माताको भूमिका निर्वाह गर्नसक्ने निर्माण युनिटको दाबी छ ।

यस फिल्मको बजेट ३ सय करोड रुपैयाँ रहने बताइएको छ । फिल्मको निर्देशन नितेश तिवारीले गर्दैछन्, तिवारीले यसअघि ‘दंगल’ र ‘छिछोेरे’ जस्ता सफल फिल्म निर्देशन गरिसकेका छन् ।

मधु मन्टेनाले यस भव्य महाकाव्यसँग जोडिएका हरेक दृश्यलाई भव्यताका साथ दर्शाउने प्रयास गरिरहेका छन् । यस फिल्मलाई दुुई भागमा बनाउने विषयमा गृहकार्य चलिरहेको छ । फिल्मसँग जोडिएका एक व्यक्तिले भने, ‘यो निकै गम्भिर समय हो । रामायणसँग जोडिएका हरेक प्रकरणलाई निकै जर्बजस्त तरिकाले प्रदर्शित गर्नुपर्ने हुन्छ ।

मधु मेन्टनाले यस प्रोजेक्टमा काम गर्नका लागि धेरै अनुसन्धानकर्ताहरुलाई लगाएका छन्, ताकि यस भव्य महाकाव्यलाई थप भव्य रुपमा पर्दामा देखाउन सकियोस् ।’विगतमा पनि रामायणबारे टेलिसिरियल र फिल्म बनिसकेका छन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!