Search

नयाँ तस्बिर सार्वजनिक गर्दै साम्राज्ञी लेख्छिन्, ‘राजकुमारीजस्तै अनुभव भइरहेको छ’

नयाँ तस्बिर सार्वजनिक गर्दै साम्राज्ञी लेख्छिन्, ‘राजकुमारीजस्तै अनुभव भइरहेको छ’

बाँपीझ्याला, काठमाण्डौं । अभिनेत्री साम्राज्ञी एलआर शाह पछिल्लो समय फिल्म ‘तिम्रो मेरो साथ’को छायाँकनमा व्यस्त रहेकी छन् । फिल्मको हाल उपत्यकाको बिभिन्न स्थानमा छायाँकन भइरहेको छ । फिल्मका अभिनेता पुष्प खड्का उनको अपोजिट भूमिकामा छन् ।

यस्तै अभिनेत्री शाहले हालै सामाजिक सञ्जालबाट केही तस्बिर सार्वजनिक गरेकी छन् । तस्बिर उनले सेतो गाउन लगाएको देख्न सकिन्छ । उक्त ड्रेसमा उनी निकै सुन्दरसमेत देखिएकी छन् । सामाजिक सञ्जालमा तसिबर सार्वजनिक उनले आफुलाई राजकुमारी फिल भएको बताएकी छन् ।

फिल्ममा साम्राज्ञी र पुष्प खड्काको अलवा सरोज खनाल, सन्दिप क्षेत्री, खबपु, इमिली लामाको मुख्य भूमिका रहेको छ ।

प्रेमकथाको बिषयमा निर्माण भैरहेको फिल्मका निर्देशक रमेश एमके पौडेल हुन । कथा र गीत समेत निर्देशककै रहेको फिल्ममा पुष्प, साम्राज्ञीको अलवा अभिनेता ध्रुव दत्त फिल्मको विषेश भूमिकामा प्रस्तुत हुनेछन् । आर्यन फिल्मस् तथा बोधी एचडी अमेरिकाको ब्यानरमा निर्माण भएको फिल्ममा सबिर श्रेष्ठको पटकथा र संवाद रहेको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment