अजय प्रधान,
माघ २३ गते, बाँपीझ्याला, दोलखा । दोलखा जिल्लाको उच्च हिमाली क्षेत्रमा शुक्रबारदेखि हिमपात भएको छ । यसै गरी पर्यटकिय एवं धार्मीक क्षेत्र कालिञ्चोकमा हिमपात भएको छ । हिमपातले जनजीवन प्रभावित भएको स्थानिय वासिन्दा र होटेल व्यवसायीहरुले बताएका छन् ।

१३ हजार ६ शय २ फिटको उचाईमा रहेको कालिञ्चोकमा गत वर्षहरुमा मसिर महिनाको अन्तिम साताबाट हिमपात शुरु हुने गरेको भएतापनी यस वर्ष वर्ष माघ अन्तिम सातामा हिमपात भएको कालिञ्चोक केवलकारका कर्मचारी एवं त्रिपुरा होटेलमा कार्यरत भास्कर श्रेष्ठको भनाई रहेको छ । निज श्रेष्ठको भनाई अनुसार कालिञ्चोक मन्दिर तथा सो आसपासको क्षेत्रमा अहिले एकफिट भन्दा बढी हिउँ जमेको जानकारी दिनु भएको छ ।

यसै गरी सुनपाती होटेलका प्रबन्धक संचालक हरि ओलीको भनाई अनुसार ढिलै भएपनी हिमपात भएको र हिजो देखि शुरुभएको हिमपात आजसम्म पनी निरन्तरता रहेको जानकारी दिनु भयो । ढिलै भएपनी हिमपात भएको कारणले अव गत महिनाको तुलनामा अवका दिनमा पर्यटकहरुको आगमन बढ्ने कुरामा आफु विस्वस्त रहको र आफुका आएर बस्नु हुने आन्तरीक तथा बाह्य पर्यटकहरुको सुविधालाई ध्यानमा राखी त्यही अनुसार तयारीमा रहेको भनाई व्यक्त गर्नु भयो ।

गत वर्षहरुमा हिउँमा चिप्लेटी खेल्ने पर्यटकहरु प्रसस्त मात्रमा आएको भएतापनी यस पटक कोविड १९ को संक्रमणको कारण र ढिला गरी हिमपात भएको कारणले गर्दा पहिलाको तुलतामा यस पटक पर्यटकहरु कम भएको होटेल प्रबन्धक ओलीको भनाई रहेको छ ।