Search

भारतमा कोरोना जित्नेकाे संख्या १ करोड ५ लाखभन्दा बढी

भारतमा कोरोना जित्नेकाे संख्या १ करोड ५ लाखभन्दा बढी

२४ माघ, बाँपीझ्याला, एजेन्सी । भारतमा १ करोड ५ लाखभन्दा बढीले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् । शनिबार यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ५ लाख ९ हजार ७९० जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या १ लाख ५० हजार ४७६ छ ।

त्यहाँ कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५४ हजार ९५६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ९४ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५४ हजार ९५६ पुगेको हो ।

यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ ११ हजार ६८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ८ लाख १५ हजार २२२ पुगेको छ ।

दोलखाको चाडपर्ब तथा जात्राहरु

Written by 

Related posts

Leave a Comment