बाँपीझ्याला, ललितपुर । ललितपुर महानगरपालिकाले पाटन क्षेत्रमा चारपाङग्रे सवारीसाधन चलाउन निषेध गरेको छ। महानगरपालिकाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सवारी चाप धेरै र बाटो साँघुरो भएकाले आइतबारदेखि पाटनढोका (गेट) तर्फ आउने र जाने चार पाङग्रे सवारी साधनहरु निषेध गरेको हो।
विज्ञप्तिमा भनिएको छ, ‘ ललितपुर महानगरपालिका भित्रको सावरी र साँघुरो बाटोका कारण सवारी आवागमनमा उत्पन्न समस्या न्यूनिकरणका लागि युएनपार्क, ज्वागल, चाकुपाटबाट आउने र पाटन ढोका बसपार्कबाट आउने चारपाङग्रे सवारी साधनहरु मिति २०७७ माघ २५ गते आइतबारबाट पाटनढोका (गेट)तर्फ जान निषेध गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ।
