Search

हिंसा कसैले मच्चाउन सक्दैन : प्रधानमन्त्री

हिंसा कसैले मच्चाउन सक्दैन : प्रधानमन्त्री

२३ माघ, बाँपीझ्याला, काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा शान्तिको वातावरण बिथोल्न नदिने चेतावनी दिनुभएको छ । नेकपा बागमती प्रदेश कमिटीले काठमाडौंमा शुक्रबार आयोजना गरेको बृहत् जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हिंसाको राजनीतिलाई सरकारले रोक्ने बताउनुभयो । ‘मांसहारी आन्दोलन भनेर उहाँ (प्रचण्ड) ले चिकेन चिल्ली खान्छु भन्नुभएको होइन,’ प्रधानमन्त्रीले भन्नुभयो, ‘म भन्न चाहन्छु अब नरभक्षी आन्दोलनका दिन गए, हिंसा कसैले मच्चाउन सक्दैन । नेपालका शान्तिपूर्ण दिन सुरु भएका छन् ।’

नेकपाको सभालाई रोक्नका लागि नेपाल बन्द गरिएको उल्लेख गर्दै उहाँले सर्वाहाराका नाममा आन्दोलन गर्छु भन्नेहरुले तरकारी बेच्ने व्यवसायी र ट्याक्सी जलाएकोमा आपत्ति प्रकट गर्नुभयो । उहाँले बन्दमा भएको गरिबको क्षतिलाई सरकारले व्यहोर्ने प्रतिबद्धता जनाउनुभयो ।

नेकपा अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले आफू नेतृत्वको पार्टी नै कम्युनिस्ट आन्दोलनको मूल प्रवाह भएको उल्लेख गर्नुभयो । ‘कम्युनिस्ट पार्टीको मात्र होइन देशकै मूल पार्टी हो,’ जनसभाको उपस्थितिले त्यसलाई पुष्टि गरेको बताउँदै उहाँले भन्नुभयो, ‘यो पार्टी नै देश बनाउने, स्वाधिनताको रक्षा र प्रयोग गर्ने, भौगोलिक अखण्डताको रक्षा गर्ने पार्टी हो । लोकतन्त्रका लागि सात दशक संघर्ष गरेको यही पार्टी हो ।’

प्रधानमन्त्री ओलीले आफूले सरकारले नेतृत्व गरेपछि सडक कालोपत्रे, सुरुङ मार्ग निर्माण, कृषि, सिँचाइ, रोजगारलगायतका क्षेत्रमा ऐतिहासिक काम भएको जानकारी दिनुभयो ।

सरकार बनेको तीन वर्षसम्म संवैधानिक आयोगहरुमा नियुक्ति गर्न रोकिएको प्रधानमन्त्रीको भनाइ थियो । ‘तर एक दुई जना मान्छेले पार्टी छाड्नेवित्तिकै आयोगले पूर्णता पाएको छ,’ उहाँले भन्नुभयो, ‘आयोग बनेको विरोधमा नेपाल बन्द गरियो ।’

Written by 

Related posts

Leave a Comment