Search

नेकपा ओली पक्षको आज ‘बृहत सभा’, दुई लाख मानिस सहभागी हुने दाबी

नेकपा ओली पक्षको आज ‘बृहत सभा’, दुई लाख मानिस सहभागी हुने दाबी

बाँपीझ्याला, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टीे ओली समूहले आज काठमाडौँ ‘बृहत् सभा’ सहित शक्ति प्रदर्शन गर्दैछ । ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नारासहित नारायणहिटी दरबार अगाडि आमसभा हुनेछ ।


नेकपा ओली समूहको बागमती प्रदेश सङ्गठन अध्यक्ष आनन्दप्रसाद पोखरेलले सभामा २ लाखभन्दा बढी मानिस सहभागी हुने बताउनुभयो । ‘सांस्कृतिक राष्ट्रवादका कुरा सुन्न मनपराउने, राष्ट्रियताको जगेर्ना गर्नुपर्छ भन्नेहरू र विकासप्रेमी मानिसहरू प्रधानमन्त्री ओलीलाई सुन्न आमसभामा सहभागी हुँदैछन्, त्यस्ता मानिसहरूको संख्या कम्तीमा दुई लाख हुनेछ,’पोखरेलले भन्नुभयो । सभामा बागमती प्रदेशका १३ जिल्ला र देशभरिबाट पार्टी नेता, कार्यकर्ता र समर्थक सहभागी हुनेछन् । सभा सम्पन्न गर्न पार्टी काठमाडौँ उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा एक हजार १११ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरिएको छ ।


मध्याह्न १२ बजेदेखि हुने सभामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायत नेताले सम्बोधन गर्नेकार्यक्रम तय भएको छ । सभा हुनुभन्दा अगाडि काठमाडौँ उपत्यकाका १३ स्थानबाट जुलुस निकालिने जनाइएको छ । जुलुस तथा सभा व्यवस्थापनका लागि २ हजार स्वयम सेवक खटाइएको पोखरेलले बताउनुभयो । पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि सत्तारूढ दल आगामी वैशाख १७ र २७ मा घोषित मध्यावधि चुनावलाई केन्द्रित गर्दै शक्ति प्रदर्शनमा उत्रिएको छ । नेकपाकै प्रचण्ड नेपाल समूह ओलीले प्रतिगामी कदम चालेको भन्दै प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सडक संघर्षमा छ । दुबै समूह एकअर्कालाई गालीगलौज गर्दै शक्ति प्रदर्शनको होडमा छन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!