Search

ओली पक्षले नारायणहिटीको आगनमै मञ्च बनाएर गरे बृहत जनसभाको तयारीमा

ओली पक्षले नारायणहिटीको आगनमै मञ्च बनाएर गरे बृहत जनसभाको तयारीमा

२३ माघ, बाँपीझ्याला, काठमाण्डौं । नेकपा ओली समूहले नारायणहिटी दरबार अगाडि आज बृहत जनसभा गर्ने तयारी गरिएको छ। बृहत जनसभाका लागि दरवारमार्ग क्षेत्रका सडक डिभाइडर विहिबार नै हटाइसकिएको छ भने यस क्षेत्रका व्यापार तथा व्यवसायहरु बन्द गर्न समेत सुचित गरिएको छ।

ओली समूहले सभाका लागि देशभरबाट कार्यकर्ता दरवारमार्गमा उतार्न लागेको जनाएको छ। मध्याह्न १२ बजेदेखि सुरुहुने सभामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायत नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

नेकपा स्रोतका अनुसार उपत्यकाका १५ स्थानबाट जुलूस निकाल्ने तयारी भईरहेको छ । जनसभालाई लक्षित गरेर प्रहरीले राजधानीको सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ । विहिबार नेकपा दाहाल–नेपाल पक्षले गरेको देशव्यापी आमहडतालका कारण सर्वसाधारणले सास्ती खेपेको भन्दै चर्को आलोचना भईरहेको छ ।

राजधानीमा आज हुने जनसभाले समेत उपत्यकाको ट्राफिक व्यवस्थामा प्रभाव पर्ने जनाउँदै बैकल्पीक मार्गको प्रयोग गर्न ट्राफिक प्रहरी महाशाखाले आग्रह गरेको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!