Search

स्वयंसेवक संघको कोषाध्यक्षमा युवा पत्रकार घिमिरे

स्वयंसेवक संघको कोषाध्यक्षमा युवा पत्रकार घिमिरे

२२ माघ, बाँपीझ्याला, काठमाण्डौं । नेपाल स्वयंसेवक संघको प्रचारप्रसार (प्रबक्ता) तथा काेषाध्यक्ष पदमा पत्रकार शिवहरि घिमिरेलाई नियुक्ति गरिएको छ । स्वयंसेवक परिचालन र उत्पादनको क्षेत्रमा काम गर्दै आएको यस संघले आफ्नो उपस्थिति बढाउने क्रममा छ ।

सोही अनुसार संघलाई व्यवस्थित बनाउने क्रममा घिमिरेलाई नियुक्ति गरिएको हो । समकालीन पत्रकारितामा सक्रिय पत्रकार शिवहरि घिमिरे ६ वर्षयता नागरिक दैनिकमा कार्यरत छन्। ११ वर्षदेखि पत्रकारितामा सक्रीय उनी अपराध, समाज, संस्कृति र पुरातत्वका विषयमा कमल चलाउँछन् । घिमिरेसंग बिबिसी साझा सवाल, रेडियो र अनलाइनमा काम गरेको अनुभव छ।

पत्रकारिता र राजनीतिक शास्त्रमा स्नातकोत्तर उतिर्ण गरेका घिमिले पत्रकारिता विषय अध्यापन गराउँछन् । उनले सांस्कृतिक दस्तावेज “होचो ढोका” पुस्तक पनि लेखेका छन्। देशभर सञ्जाल रहेको नेपाल स्वयंसेवक संघ विस्तारको क्रममा रहेको छ।

संघले आगामी दिनमा समाजका हरेक क्षेत्रमा आफ्नो गाउँ ठाउँको स्तर उन्नति विकासका लागि र समाज परिवर्तन गर्न युवालाई लक्षित गरी अगाडि बढ्ने लक्ष्य राखेको छ ।

युवाहरुको नेतृत्वका सामाजिक कार्य अगाडि बढाउनका लागि संस्थाले काम गर्नका साथै आउँदा दिनमा युवाको लागि क्षमता बिकास र समाजसेवाका लागि यस्ता संघको भूमिका उल्लेखनीय रहने छ।

स्वराेजगार निर्माण गरी देशमै रहने वातावरण बनाई पलायन राेक्ने, बढ्दो महङ्गाई, भ्रस्टचार,बलत्कार , देशप्रती हुने घुसपैठ, कालोबजारी जस्ता खबरदारी गर्नु यो संघको मुख्य भुमिका हो ।

Written by 

Related posts

Leave a Comment