अनिल चन्द्र श्रेष्ठ
बाँपीझ्याला, दोलखा । दोलखा भीमेश्वरमा दर्शन गर्न आउने आन्तरीक तथा बाह्य भक्तजन पर्यटकहरुको लागि हात धुने, सरसफाई लगाएतका आवश्यक पर्ने पानीको व्यवस्थापन गर्न भीमेश्वर पूजा तथा गुठी व्यवस्थापनलाई सहयोग पुगोस् भन्ने अभिप्रायःले नेपाल निर्माण व्यवसायी महासंघ केन्द्रिय कार्यालय काठमाण्डौंले दोलखा भीमेश्वर मन्दिरमा खानेपानी ट्याङ्कीको व्यवस्थापन गरि दिएको छ ।

साक्षात भगवानको नामले प्रख्यात दोलखा भीमेश्वर मन्दिरमा दिन प्रतिदिन दर्शन गर्न आन्तरीक तथा बाह्य भक्तजन पर्यटकहरु बढदै आईरहेको अवस्थामा मन्दिर दर्शन गर्न आउने भक्तजनहरुले मन्दिर दर्शन गर्नु भन्दा पहीले पानीले हात सरसफाई र चोखो गर्न २४ घण्टै पानी उपलब्ध गराई सहयोग पू¥याउने उद्देश्यले भीमेश्वर मन्दिरको नाममा नेपाल निर्माण व्यवसायी महासंघले श्रद्धापूर्वक चढाएका छौं भनी महासंघका केन्द्रिय महासचिव रोसन दाहालले बताउनु भयो ।