Search

भीमेश्वर नगरपालीका वडा नंं २ स्थित करन्डीमा ईन्जिनियरिङ कलेज स्थापनको लागि करण्डी वन उपभोक्ताको सहमती

भीमेश्वर नगरपालीका वडा नंं २ स्थित करन्डीमा ईन्जिनियरिङ कलेज स्थापनको लागि करण्डी वन उपभोक्ताको सहमती

अजय प्रधान
बाँपीझ्याला, दोलखा ।
विगत १० बर्ष अघि दोलखा ईन्स्टिच्युट अफ टेक्नोलोजी स्थापना गरि दोलखामा ईन्जिनियरीङ्ग कलेज संचालनको लागि यस अभियानमा निरन्तररुपमा लागिरहेका दोलखाका बरिष्ठ समाजसेवी ईन्जिनियर आत्माकृष्ण श्रेष्ठको सक्रियतामा यही माघ ३ गतेका दिन भीमेश्वर नगरपालिकाका नगर प्रमुख भरत केसी संग स्थानीय बुद्धिजीविहरु सहितको उपस्थितीमा छलफल सम्पन्न भएको थियो ।

यसै गरी उक्त छलफल कार्यक्रममा अहिलेसम्म विविध कारणले कलेज स्थापना गर्ने काम अघि नबढेको र सबै प्रदेश सरकारको मातहतमा प्रदेश स्तरीय इन्जिनियरिङ कलेज स्थापना गर्ने नेपाल सरकारको अवधारणा सार्बजनिक भएको अवस्था स–सँगै कलेजको लागि उपयुक्त करिव ८० रोपनी जग्गा भीनपा २ स्थित करण्डीमा भएकोले सोहि स्थानमा कलेज स्थापना गर्न आवश्यक शुरुवाती प्रकृया अगाडि बढाउन पहल गर्ने सहमती भएको थियो ।

उक्त सहमती अनुसार हिजो माघ २० करण्डी बन उपभोक्ता समितीसंग भएको छलफलमा आफूअन्तर्गत रहेको सबै जग्गा इन्जिनियरिङ कलेज स्थापना गर्ने प्रयोजनका लागि भीमेश्वर नगरपालिकाको नाममा गर्न सहमत भएको निर्णय गरेको छ ।


उक्त निर्णयको प्रतिलिपी र भीमेश्वर नगरपालीका वडा २ को सिफारिस पत्र सहित वडाअध्यक्ष विराजमान श्रेष्ठको नेतृत्वमा गएको टोलीले उपप्रमुख कमला बस्नेतलाई बुझाई दोलखामा कलेज स्थापनाको प्रक्रिया यथासक्य छिटो अगाडि बढाउन अनुरोध गरेको र उक्त अनुरोधलाई स्थानिय तहबाट सक्दो पहल गर्ने बचत बद्धता रहेको उपप्रमुख बस्नेतको भनाई रहेको छ भनी नेवाः देय् दवुका केन्द्रिय सचिव एवं कालिञ्चोक युवा क्लवका कोषाध्यक्ष शान्त श्रेष्ठले बताउनु भयो ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment