बाँपीझ्याला, एजेन्सीं । भारत सरकारले किसान आन्दोलनको मुद्दामा अन्तर्राष्ट्रिय व्यक्तिहरुमार्फत भएको ट्वीटप्रति कसैको नाम नलिएरै टिप्पणी गरेको छ। सामाजिक सञ्जालमा ठूला हस्तीहरुले जिम्मेवारीपूर्वक व्यवहार गर्नु आवश्यक रहेको भारतको विदेश मन्त्रालयको भनाइ छ।
यो भन्दा अगाडि अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसकी भाञ्जी मीना ह्यारिस, पर्यावरणविद् ग्रेता थनवर्ग, पूर्व पोर्नस्टार मिया खलिफा र पप गायक रिहानाले यो मुद्दामा ट्वीट गरेका थिए।
रिहान्नाले ट्वीटरमा लेखेकी छन्, ‘हामी किन यो बारेमा कुरा गरिराखेका छैनौँ?’ अहिले यो ट्वीट २ लाख ३८ हजारभन्दा धेरै पल्ट रिट्वीट भइसकेको छ।