Search

वैशाख १७ र २७ मा चुनाव, जेठ १५ मा बजेट : प्रधानमन्त्री ओली

वैशाख १७ र २७ मा चुनाव, जेठ १५ मा बजेट : प्रधानमन्त्री ओली

२० माघ, बाँपीझ्याला, काठमाण्डौं । प्रधानमन्त्री केपी ओलीले आगामी वैशाख १७ र २७ गते निर्वाचन सम्पन्न हुने र जेठ १५ गते बजेट ल्याउने घोषणा गरेका छन्। राष्ट्रिय खेलकुद परिषद्ले राजधानीमा आयोजना गरेको ‘प्रधानमन्त्रीसँग खेलकुद’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

जेठमा आउने बजेटमा खेलकुद क्षेत्रका लागि पर्याप्त मात्रामा बजेट छु्ट्याउने समेत प्रधानमन्त्री ओलीले आश्वासन दिए। उनले भने,’ वैशाख १७ र २७ मा चुनाव सकिन्छ, जेठ १५ मा बजेट आउँछ। खेलकुद क्षेत्रलाई समेट्ने गरी पर्याप्त मात्रामा बजेट छुट्याइन्छ।’

उनले नेपालको इतिहासमा नेपालीले कहिल्यै नहारेकाले खेलकुदमा पनि हार सम्भव नभएको बताए। प्रधानमन्त्री ओलीले स्वर्ण पदक आफूलाई र काश्य र रजत पदक अरुलाई पार्नेगरी खेलकुदमा लाग्न खेलाडीलाई सुझाव दिए।

खेलकूदले शारीरिक मात्र नभइ स्मरण शक्ति बढाउने भन्दै प्रधानमन्त्री ओलीले बालबालिकाहरुलाई यस क्षेत्रमा लाग्न पनि सल्लाह दिए। उनले प्रशिक्षक र खेलाडी छनोट गर्दा विशेष ध्यान दिनुपर्ने बताए। ‘सेलेक्सनमा भेदभाव गर्नुहुँदैन। सबै कुरा हेर्नुपर्छ,’ उनले भने।

खेलकुद क्षेत्रको विकास सम्पूर्ण क्षेत्रमा गर्नमा सरकार सकारात्मक रहेको उनले विश्वास दिलाए। सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले खेलकूद क्षेत्रमा सरकार सहयोगीको भूमिकामा रहने समेत बताए। उनले भने,खेलकूद क्षेत्रमा सरकार सहयोगीको भूमिकामा रहन्छ,कामकै लागि बजेट छु्ट्यान्छ।’

प्रधानमन्त्री ओलीले खुलकूदमा हार र जीतको ठुलो महत्व हुने समेत बताए। उनले फरक प्रसंगमा चुनावमा हारिने डरले प्रचण्ड-नेपाल समूह प्रतिनिधिसभा पुनरस्थापित हुनुपर्छ भनेर लागिपरेको समेत आरोप लगाए ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!