Search

सिन्धुपाल्चोकमा यात्रुवाहक बस दुर्घटना, दोलखाका १३ जना घाईते

सिन्धुपाल्चोकमा यात्रुवाहक बस दुर्घटना, दोलखाका १३ जना घाईते

बाँपीझ्याला, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा आज भएको यात्रुवाहक बस दुर्घटनामा परि दोलखाका १३ जना घाईते भएका छन् । दुर्घटनामा दोलखाका १३ जना, रामेछापका चार जना, सिन्धुपाल्चोक एक जना र भक्तपुरका एक जना घाईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरिक्षक रामचन्द्र घिमिरेले जनाकारी दिनुभयो ।


उहाँका अनुसार घाईते मध्ये १६ जनाको सिन्धु सदबाहर अस्पतातल खाडीचौरमा उपचार भइरहेको छ भने केहि गम्भीर घाईतेहरुलाई थप उपचारका लागि धुलिखेल र काठमान्डौँ लगिएको छ ।


आज दिउँसो दोलखाको बुलुङबाट यात्रु लिएर काठमान्डौँतर्फ जाँदै गरेको रोल्वालिङ यातयातको बा ३ ख २७८९ नम्बरको बस लामो साँगु जिरी सडक खण्ड अन्र्गगत सिन्धुपाल्चोकको ११ किलोमा दुर्घटना भएको हो । बस चालक फरार रहेकाले खोजी कार्य भइरहेको जनाएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!