Search

गजित र आरोहीले पोखे ‘वेदनाको भेल’

गजित र आरोहीले पोखे ‘वेदनाको भेल’

बाँपीझ्याला, काठमाण्डौं ।अभिनेता गजित विष्ट जे काम गर्दैछन् दिलबाटै गर्दछन् । त्यसले पनि उनले गरेको कामको चर्चा सधै हुने गरेको छ । यस्तैमा बिष्ट अभिनित नयाँ म्युजिक भिडियो ‘वेदनाको भेल’ पनि अहिले चर्चामा छ । गायक मनोजराज तथा गायिका सुजाता वर्माको स्वर रहेको यो गजल गीतको भिडियोमा गजित निकै आकर्षक गेटअफमा प्रस्तुत भएका छन् ।

हेम प्रभास अधिकारीको निर्देशन रहेको भिडियो अभिनयमा विष्टलाई अभिनेत्री आरोही शर्माले साथ दिएकी छन् । भिडियोमा गजित र आरोही राजा रानीको गटेअपमा देखिएका छन् ।
सन्तोष श्रेष्ठको संगीत रहेको ‘एक एक एघार’मा एल्बमा समावेश गजल डा.केशव शर्माले कोरेका हुन् ।

भिडियोमा गजित र आरोहीसंगै नारायण उप्रेती, अनु राई, मनिषा खड्का, विष्णु खड्का, सुवास पोखरेल, सितामैयाँ रचाल, डम्बर खड्काथोकी लगायत कलाकारको अभिनय देख्न सकिन्छ ।
नवराज उप्रेतीको छायाँकन, टेकेन्द्र शाहको सम्पादन रहेको भिडियोको कोरियोग्राफी गजितले भाई गम्भिर बिष्टसँगको सहकार्यमा गरेका हुन् ।

दोलखाको चाडपर्ब तथा जात्राहरु

Written by 

Related posts

Leave a Comment