Search

२१ फागुनमा ‘गोर्खे’

२१ फागुनमा ‘गोर्खे’

बाँपीझ्याला, काठमाण्डौं । फिल्म ‘गोर्खे’ अगामी २१ फागुनबाट देशभर प्रदर्शनमा आउने भएको छ । कोजु इन्टरटेन्टमेनको ब्यानरमा हरि लामाको प्रस्तुति र तिर्थराम कोजु र हरि थापा निर्माता रहेको फिल्म ५ युवा र उनीहरुले देखेको सपनाको बिषयमा निर्माण भएको हो ।

रविन्द्र प्रताप सेन, अर्जुन गुरुङ, अञ्जली अधिकारी, एन्जेल श्रेष्ठ, आश्मी लामा, आश्मी श्रेष्ठ, वाल्दिप राई लगायतको अभिनय रहेको फिल्ममा काजी लिम्बुको कथा, हिमाल केसीको द्वन्द्व, सौरभ लामा र निरज कँडेलको छायांँकन, मित्र डि गुरुङको सम्पादन रहेको छ ।

छिन्दु पाख्रिन र हरि लम्सालको संगीत रहेको फिल्म किम्मत गौतमले निर्देशन गरेका हुन् । फिल्म जिजिए ग्रूप र एफडिले मिलेर बितरण गर्न लागेको बितरक करण श्रेष्ठले जानकारी दिए ।
फिल्म पाल्पा, बर्दघाट, धम्पुस, पोखरा र काठमाडाैं लगायतका स्थानमा छायाँकन भएको हो ।

फिल्मको अहिले एक पोस्टर समेत सार्वजनिक गरिएको छ । जसमा फिल्मका मुख्य कलाकार अटाएका छन् ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment