Search

जनकपुर उपमहानगरपालिका कार्यालयमा अख्तियारको छापा

जनकपुर उपमहानगरपालिका कार्यालयमा अख्तियारको छापा

२० माघ, बाँपीझ्याला, जनकपुर । प्रदेश नम्बर २ को अस्थायी केन्द्र जनकपुरधामस्थित जनकपुर उपमहानगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापामारी गरेको छ।बर्दिवासस्थित अख्तियार आयोगको कार्यालयबाट आएको टोलीले जनकपुर उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयमा सोमबार छापामारी गरेको हो । अख्तियारको टोलीले बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म लगभग ७ घण्टासम्म छापामारी गरेको थियो ।

विभिन्न व्यक्तिहरुले उपमहानगरपालिका कार्यालयविरुद्ध उजुरी दिएपछि अख्तियार कार्यालय बर्दिबासका उपसचिव मनिराम ज्ञवालीको नेतृत्वको टोलीले कार्यालयको लेखा, जिन्सीलगायत शाखाहरुमा छापामारी गर्दै कामकाजको अभिलेख प्रणालीको सन्दर्भमा अनुगमन तथा निरीक्षण गरेको थियो ।

उपसचिव ज्ञवालीले उपमहानगरद्वारा सञ्‍चालन भएका योजनाहरूको स्थलगत अनुगमन निरन्तर जारी रहने उनले बताए । टोलीले अहिलेसम्म ४ उजुरीमाथि छानबिन गरिसकेको र बाँकी उजुरीमाथि छानबिनलाई जारी राखिने र गलत देखिएमा दोषीलाई कारबाहीको दायरामा ल्याउने अख्तियारले जनाएको छ ।

श्रोतका अनुसार अख्तियारले उजुरी परेकामध्येका केही सम्पन्‍न योजनाका फाइलसमेत नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएको फाइलको अध्ययन तथा छानबिन कार्यालयमै बसेर गरिनेछ भने फरक देखिएमा सम्बन्धित व्यक्तिलाई कार्यालयमै बोलाई अख्तियारले सोधपुछ गरिनेछ ।

ज्ञवाली नेतृत्वको टोलीमा इन्जिनियर सदन श्रेष्ठ, लेखा अधिकृत मनोज सुनुवार, कम्प्यूटर अपरेटर राहुल जयसवाललगायत छन् ।

उपमहानगरकी उपमेयर रीता मिश्रले विभिन्‍न योजनाविरुद्ध परेको उजुरी छानबिन गर्न अख्तियारको टोली कार्यालयमा आएको पुष्टि गरिन

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!