Search

छोरीलाई लिएर चलचित्र बनाउँदै करिश्मा

छोरीलाई लिएर चलचित्र बनाउँदै करिश्मा

बाँपीझ्याला, काठमाण्डौं । नायिका करिश्मा मानन्धरले चलचित्र बनाउने घोषणा गरेकी छन्। छोरी कविता मानन्धर र सरोज खनालको मुख्य भूमिका रहनेगरी चलचित्र निर्माण गर्न लागेको उनले फेसबुक मार्फत जनाएकी छन्। यो चलचित्रलाई सुशिल क्षेत्रीले निर्देशन गर्दैछन्। चलचित्रको नाम ‘बनबास’ रहने छ।

यो कथा परिवार र सम्बन्धको रहने करिश्माले जनाएकी छन्।

शिव श्रेष्ठले निर्माण गरेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ मा करिश्माकी छोरी कविता मानन्धरले डेब्यू गरेकी थिइन्। यो चलचित्र पूरा छायाँकन नै नसक्काई प्रदर्शन भयो। कवितासँग शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठले डेब्यू गरेका थिए।

छोरीको डेब्यू सफल नभएपछि उनले पछि आफैँ चलचित्र बनाउने बताएकी थिइन्। उनले ‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शनको केही समय अगाडि भएको कुराकानीमा छोरीलाई होम प्रडक्शनमा नै बनेको चलचित्रबाट डेब्यू गर्ने योजना रहेपनि शिव श्रेष्ठको आग्रहलाई टार्न नसकेको बताएकी थिइन्। तर करिश्माले सोचेको जसरी छोरीको डेब्यू भएन र उनले आफैले चलचित्र निर्माण गर्न लागेकी हुन्।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment