Search

कोरोनाबाट आज पनि मृत्यु शून्य, १५९ संक्रमित थपिए

कोरोनाबाट आज पनि मृत्यु शून्य, १५९ संक्रमित थपिए

बाँपीझ्याला, काठमाण्डौं । पछिल्लो चौबीस घण्टामा नेपालमा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन । कोरोना महामारी उच्च विन्दुमा पुगेपछिको मृत्यु मृत्यु भएको यो दोस्रो दिन हो । हालसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई हजार २९ पुगेको छ ।

गएको चौबीस घण्टामा चार हजार १४५ जनाको पीसीआर परिक्षण गरिएकोमा १५९ जनाको रिपोर्ट पोजेटिभ आएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७१ हजार ११८ पुगेको छ ।

त्यस्तै, गएको चौबीस घण्टामा २६४ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ६६ हजार ६०० पुगेको छ ।

हाल क्वारेन्टिनमा ९७ जना छन् भने आइसोलेसनमा दुई हजार ४८९ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

Written by 

Related posts

Leave a Comment