बाँपीझ्याला, काठमाण्डौं । गायक दीपक लिम्बू र मेलिना राईको स्वर रहेको गीत ‘औँठी बैना’ सार्वजनिक गरिएको छ । आकर्षक भिडियोसहित सार्वजनिक गीतमा विष्णु इङ्नामको शब्द रहेको छ । लोक शैलीमा तयार गीतको भिडियोमा धिरज लिम्बू र रेश्मा सम्बाहाम्फेको अभिनय देख्न सकिन्छ ।
हङकङमा छायाँकन भएको भिडियोमा मौसम इम्बुङ (फुलेन्देको बुबा), हेमराज अन्छड़बो, विष्णु इङ्नाम, नाम्लिङ ओख्राबोको समेत अभिनय रहेको छ । युगल पोमोको निर्देशन रहेको भिडियोमा मज्जाको राईको छायाँकन र अनिलकुमार महर्जनको सम्पादन रहेको छ । भिडियोले एक जोडी युवायुवतीको प्रेमकथा देखाउन खोजेको छ ।