Search

जसको भाग्य सलमान खानले लेखिदिए…

जसको भाग्य सलमान खानले लेखिदिए…

बाँपीझ्याला, एजेन्सी । बलिउडका गडफादर भनेर चिनिने सुपरस्टार सलमान खानले धेरैको जीवनमा ठूलो परिवर्तन ल्याइदिएका छन् । उनले थुप्रै नयाँ अनुहारलाई बलिउडमा स्थापित पनि गरिदिएका छन् । उनले सुपरस्टार ऋतिक रोशनदेखि डेजी शाहसम्मलाई बलिउडमा ल्याएर सफल बनाएका थिए ।

ऋतिक रोशन
बलिउडमा सुपरस्टार बनेका ऋतिक रोशनलाई यस उद्योगमा स्थापित गर्नका लागि सलमान खानले निकै कोसिस गरेका थिए । जसको कारण आजसम्म पनि ऋतिक रोशनलाई सलमान खानलाई धन्यवाद दिइरहन्छन् ।

अर्जुन कपूर
अर्जुनलाई पनि सलमान खानले नै बलिउडमा आउन उत्प्रेरित गरेका थिए । उनले अर्जुनको करियर बनाउन पनि निकै मेहनत गरे । उनले अर्जुनको शरीर सुगठित पार्न पनि निकै मेहनत गरे ।

हिमेश रेशमिया
हिमेशलाई पनि सलमान खानले नै बलिउडमा ल्याएका थिए । आज उनी हरेकको दिलको धड्कन बन्न सफल भएका छन् ।

जरिन खान
आफ्नो फिल्म ‘वीर’मा नयाँ अनुहारको रुपमा सलमानले जरिनलाई लिएका थिए । सलमानले वीर फिल्मको कथा आफैले लेखेका थिए ।

डेजी शाह
सलमान खानको ‘होम प्रोडक्सन’ ‘जय हो’ मा नयाँ अनुहारको रुपमा डेजी शाहलाई लिइएको थियो । डेजी उक्त फिल्मबाट निकै चर्चित बनिन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!