बाँपीझ्याला, काठमाण्डौं । मोहमद शलाहले प्रिमियर लिगका पछिल्ला सात खेलमा पहिलो पटक गोल गरेपछि लिभरपुलले वेस्ट ह्यामलाई पराजित गर्दै तेस्रो स्थानमा उक्लन सफल भएको छ ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा शलाहले दुई गोल गरे भने जर्जिने विजनाल्डमले एक गोल गर्दै लिभरपुलको जीत सुनिश्चित गरे । खेलको अन्त्यतिर क्रेग डसनले वेस्ट ह्यामका लागि सान्तवना गोल फर्काए ।
२१ खेलबाट ४० अंक बटुल्दै लिभरपुल लिगको तेस्रो स्थानमा रहेको छ । लिभरपुल शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीभन्दा ४ अंकले पछि रहेको छ । यद्यपि, सिटीले एक खेल कम खेलेको छ ।