अजय प्रधान,
बाँपीझ्याला, दोलखा । समानुपातीक, धर्म निरपेक्षताको आधारमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भईसकेको छ । यही लोकतान्त्रीक संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले नेपालमा बोलिने सबै जातजातीका भाषालाई राष्ट्रीय भाषाको मान्यता दिई सकेको अवस्थामा यसको संरक्षण, प्रबद्र्धन तथा स्थानिय निकायमा सरकारी कामकाज एवं पठनपाठन गर्ने गराउने भन्ने जिम्मेवारी समेत स्थानिय निकायलाई प्रदान गरेको छ ।

यसै सन्दर्भमा नेवार जातीको छाता संगठन नेवाः देय् दवु र द्वाल्खा नेपाल भाषा खलक दोलखाले भीमेश्वर नगरपालीका चरिकोट दोलखालाई दोलखाली नेवाः जातीले बोलिने मातृभाषा दोलखा नेपाल भाषाबाट भीम माध्यमिक विद्यालय सुन्टोपर र राजकुलेश्वर आवासिय विद्यालय तल्लो टोलमा नेपाल भाषा कक्षा संचालन गर्नु पर्छ भन्ने अनुरोध सहित ज्ञापन पत्र बुझाएको जानकारी प्राप्त भएको छ ।

नेवाः देय् दवुका केन्द्रिय अध्यक्ष नरेश ताम्राकार र द्वाल्खावासीको तर्फबाट द्वाल्खा नेपाल भाषा खलकका महा–सचिव उपेन्द्र प्रधानको दस्तखत रहेको उक्त छुट्टा छुट्टै ज्ञापन पत्र नेवाः देय् दवुका सचिव शान्त श्रेष्ठ, कालिञ्चोक युवा क्लवका महा–सचिव अनिलचन्द्र श्रेष्ठ र दोलखावासीको तर्फबाट तत्कालिन दोलखा गाविस अध्यक्ष रविभक्त श्रेष्ठ, स्थानिय समाजसेवी प्राध्यापक अमन श्रेष्ठ, ज्ञानेन्द्र प्रधान, बुद्धि बहादुर आर्चाजु र युवा गाएक दिपक स्वप्नील श्रेष्ठको संयुक्त टोलीले भीमेश्वर नगरपालीकाका उप प्रमुख कमला बस्नेतलाई बुझाउनु भएको छ । यसै गरी भीमेश्वर नगरपालीका वडा नं. २ का वडाध्यक्ष विराजमान श्रेष्ठ, भीम माध्यमिक बिद्यालयका प्रधानध्यापक शेषनाथ आचार्य, राजकुलेश्वर आवासिय विद्यालयका प्रधानध्यापक प्रकाश दाहाललाई समेत उक्त ज्ञापन पत्र बुझाएको छ ।

नेपाल भित्रका सम्पूर्ण जातीलाई आफ्नो मातृभाषीलाई संविधानले नै आफ्नो मातृभाषामा पठन पाठन तथा संस्कृती, परम्पराको जर्गेना गर्न पाउने मौलिक हक अधिकार प्रदान गरेको छ । यसै गरी ऐतिहासिक शहर दोलखा नेवाः जातीको आफ्नै भिन्न नेवाः भाषा, संस्कृती, परम्परा र सम्पन्दाले धनी साँस्कृतीक प्राचिन शहर दोलखा हो । मल्लकालिन उपत्यकापछीको दोलखाको ईतिहासलाई नियाल्ने हो भने यहाँको आफ्नै मोलिक परम्परा र संकृस्ती विद्यमान रहेको पाउँछौ । त्यसै गरी विशेषतः दोलखा साँस्कृतीक शहरमा नेवाः जातीको बसोबास रहेको छ ।

तसर्थ संबिधानले सुनिश्चित गरेको संस्कृती र नेवाः मातृभाषाको पठन पाठन गर्न पाउँने यहाँको नेवाः जाती र यस भित्र विभक्त रहेको बिभिन्न व्यक्तीहरुको नैसर्गिक अधिकारलाई व्यवहारमा लागू गर्न स्थानिय निकाय संग समन्वय गरी दोलखा भीत्र रहेका विद्यालयहरुमा द्वाल्खा नेपाल भाषामा पठन पाठन गराउने व्यवस्था मिलाई दिई व्यवस्थापनमा सहयोग गर्न भनी उक्त ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।