Search

दोलखा मञ्जुश्री पार्क र मेरो जिज्ञासा

दोलखा मञ्जुश्री पार्क र मेरो जिज्ञासा
सकुना श्रेष्ठ, भीमेश्वर नगरपालिका –२, दोलखा, हाल पाटन

घुम्न जाऔं मञ्जुश्री पार्क शिर्षकमा बाँपीझ्याला डटकम अनलाईन पत्रिकामा उक्त पत्रिकाका सम्पादक भाई उपेन्द्र प्रधानले लेख्नु भएको लेख पढ्ने मौका पाए, खुसी लाग्यौ यस्तै गरी आगामी दिनहरुमा दोलखाको ऐतिहासिक सम्पदा, चाडपर्वहरु, रितिरीवाज र ईतिहासको बारेमा बाँपीझ्याला डटकम अनलाईन पत्रिकाबाट आलेख, लेखहरु सम्प्रेशन हुने कुरामा विश्वस्त छु साथै यस पत्रिकाको प्रगतीको कामना गर्दै दोलखा जन्म घरभई देश विदेशमा रहनु हुने भाई बहिनीहरु, मान्यजन दोलखावासीहरु र शुभचिन्तक नेपाली दाजुभाईहरुको लागि सूचना प्रवाह गर्न सधै सफल होस भन्ने कामना पनी गर्दछु ।

दोलखा मञ्जुश्री मन्दिरको ईतिहास जसले दोलखाको परिचय दिन थप मद्धत मिलेको छ । यसै गरी मञ्जुश्रीको मन्दिरको बगैचाको रुपमा रहेको स्थललाई केहि वर्ष पहिले अभयपुर साँस्कृतीक परिवारको सक्रियता र अन्य सामाजिक संघ–संस्थाको सहयोग र स्थानिय दोलखा वासिहरुको सहभागीतामा गोरेटो बाटोहरु बनाई पार्कको रुपमा विस्तार गरिएको र हाल भीमेश्वर नगरपालीका दोलखाले बनाउनुका साथै आफ्नो बार्षिक बजेटमा सम्पदा संरक्षण र पार्क निर्माणको लागि बजेट छुट्टाएर मञ्जुश्री पार्क, चम्पूजा पार्क जस्ता पार्कहरु बर्षेनी बनाउदै आएको जानकारी पाउँदा खुसी लाग्यो । यस सुखद् कार्यको लागि भीमेश्वर नगरपालीकाका नगर प्रमुख भरत बहादुर केसी, ज्यू उप प्रमुख कमला बस्नेतज्यू र वडा नं. २ का वडाध्यक्ष विराजमान श्रेष्ठज्यू लगाएत अन्य सहयोगी सम्पूर्ण दोलखावासी र शुभचिन्तकहरुमा हार्दिक धन्यवाद सहित कृतज्ञता व्यक्त गर्दछु ।

भीमेश्वर नगरपालीकाले मन्दिर, मन्दिर वरपरका बगैचाहरुलाई पर्यटक पाहुनाहरुको आगमनलाई मध्यनजर गरी जुन आधुनिक बगैचाको रुपमा रुपान्तरण गर्न खोजिएको छ यो एकदम राम्रो र खुसीयोग्य छ । जसले आन्तरीक र बाह््य पर्यटक प्रवद्र्धनमा सहयोग पुग्ने कुरामा हामी दोलखावासी विश्वस्त छौ ।

यसै गरी मन्दिर वरपर दुईतहमा डब्बली रहेको छ, यो अर्को आकर्षणको केन्द्र सावित भएको छ । यसरी मन्दिरको डब्बलीको छेउ छेउमा चारैतिर फुल र बुट्यानहरु छन् त्यसलाई मिलाएर त्यस्को ठाँउमा मन्दिरलाई घेरिएर चौघेरा बनाई चारै तिर बन्द गरी प्रवेशद्वारको लागि मुल ढोका प्रयोग गर्न पाए अझ सुन माथी सुगन्ध हुने थियो भन्ने मेरो व्यक्तिगत धारणा रहेको छ । यसको लागि भीमेश्वर नगरपालीकाको विशेष ध्यान गएको खण्डमा हामी दोलखावासीहरु पनी उक्त कार्यमा सहभागी रहनुका साथै सहयोग हुने कुरा विश्वस्त गराउन चाहन्छु ।
पुरातात्वीक महत्वले यसरी मन्दिरलाई चारैतिरबाट पर्खाल लगाई चौघेरा बनाउन मिल्छ मिल्दैन मलाई थाहा छैन यदी हुन्छ भने चौघेरा बनाएको खण्डमा सुरक्षा र आकर्षकको दृष्टिकोणले अझ राम्रो हुने थियो भन्ने मेरो व्यक्तिगत अभिव्यक्त यस बाँपीझ्याला अनलाईन पत्रिका मार्फत सम्वन्धित सम्पूर्ण निकाय र महानुभावहरुलाई अनुरोधका साथ जानकारी गराउन चाहन्छु ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!