Search

नेपालमा भोलि आइपुग्दै छ १० लाख कोभिडबिरुद्धको भ्याक्सिन, पहिलो चरणमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई

नेपालमा भोलि आइपुग्दै छ १० लाख कोभिडबिरुद्धको भ्याक्सिन, पहिलो चरणमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई

बाँपीझ्याला, काठमाण्डौं । भारत सरकारले नेपाल सरकारलाई उपलब्ध गराएको १० लाख डोज कोभिड भ्याक्सिन बिहीबार काठमाडौँ आइपुग्ने भएको छ। भारत सरकारले नेपाललाई बुधबार १० लाख भ्याक्सिन उपलब्ध गराउने निर्णय गरेको हो।

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले नेपाललाई खोप उपलब्ध गराएकामा भारतलाई धन्यवाद दिएका छन्। भारतमा बनेको ‘कोभिसिल्ड’ नेपाल सरकारलाई भारतले अनुदानस्वरुप प्रदान गरेको हो।

भारतले खोप उपलब्ध गराएको घोषणा गर्न बुधबार आयोजित कार्यक्रममा मन्त्री त्रिपाठीले भारत सरकारलाई धन्यवाद दिएका हुन्। उनले भारतले नेपाललाई कोभिडकालमा पनि निरन्तर औषधिलगायत सामग्री प्रदान गरेको सहयोग गरेकामा सराहना पनि गरे।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!