Search

फिल्म ‘छ माया छपक्कै’ युट्यबमा सार्वजनिक

फिल्म ‘छ माया छपक्कै’ युट्यबमा सार्वजनिक

बाँपीझ्याला, काठमाण्डौं । हिट फिल्म ‘छ माया छपक्कै’ सार्वजनिक भएको छ । दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे लगायतको समुहले निर्माण गरेको फिल्म मंगलबार आमा अग्नी कुमारी मिडियाको युट्युवमार्फत् सार्वजनिक भएको हो ।

दीपेन्द्र लामाको लेखक तथा निर्देशन रहेको फिल्मका फिल्मका निर्माता रोहित अधिकारी हुन् । फिल्ममा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, सुपुष्पा भट्ट, जीतु नेपाललगायत कलाकारको अभिनय रहेको छ ।

फिल्म युट्युबमा आएको जानकारी सहितको एक स्टाटस कलाकार दीपक राज गिरीले सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । जसमा भनेका छन्– ‘आदरणीय मित्रहरु, हाम्रो पछिल्लो फिल्म ‘छ माया छपक्कै’ पनि युट्यूबमा आएको छ । यो राजनीतिक कथाबस्तुमा आधारित फिल्मलाई तपाईंहरुले धेरै माया दिनु भएको छ । धेरै दर्शकले यो फिल्मलाई हलमा, फिल्म एपमा, डिस होममा हेरेर माया गर्नु भो, आजदेखि एचडी क्वालिटीसहित यूट्युबमा आएको छ । हेरेर प्रतिक्रिया पाउँ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!