Search

मारुती सुजुकी स्वीफ्ट डिजायर नेपाल आउने यस्ता छन् फिचर्स

मारुती सुजुकी स्वीफ्ट डिजायर नेपाल आउने यस्ता छन् फिचर्स

०७ माघ, बाँपीझ्याला, काठमाण्डौं । मारुती सुजुकीले अघिल्लो वर्ष मार्च अन्तिममा भारतमा सार्वजनिक गरेको स्विफ्ट डिजायर नेपाल आउने भएको छ । नेपालको आधिकारीक वितरक सिजी मोटोकर्पले नयाँ डिजायरको बुकिङ खुल्ला गरेसँगै नेपाल आउने पक्का भएको हो ।

डिजायरमा मारुती सुजुकीको के१२एन, फोर सिलिण्डर इन्जिन दिइएको छ । यसमा आइडल स्टार्ट र स्टपको सुविधा छ । उक्त इन्जिनले अधिकतम ६००० आरपीएममा ९० पीएस पावर र ४४०० आरपीएममा ११३ एनएम टर्क जेनेरेट गर्छ । यो ५ स्पीड म्यानुअल गियरबक्समा उपलब्ध हुनेछ ।

नयाँ डिजायरमा ३७ लिटरको इन्धन ट्याङ्क दिइएको छ । भारतीय अटोमोटिभ रिसर्च एजेन्सीले यसले प्रतिलिटर २३ किलोमिटर माइलेज दिने प्रमाणित गरेको छ ।

कम्पनीले नेपाल ल्याउने भिएक्स र जेडएक्सआई भेरियन्टमा केहि फिचर फरक रहने छन् । दुबै भेरियन्टमा एलइडी टेलल्याम्प, एलइडी स्टपल्याम्प, बडी कलर डोर ह्याण्डल, बडी कलर ओआरभीएम पाउन सकिन्छ ।

फेसलिफ्ट डिजायरमा अगाडि डिस्क र पछाडि ड्रम ब्रेक दिइएको छ । सस्पेन्सको कुरा गर्दा डिजायरको अगाडि म्याक फेरसन स्ट्रुट र पछाडि टोर्सियन बीम दिइएको छ ।

गाडी आरामदायी बनाउन कम्पनीले यसमा आइडियल स्टार्ट/स्टप, पुस वटम स्टार्ट, अटो हेडल्याम्प, रियर एसी भेन्ट, रियर सिट आर्मरेष्ट, किलेस इन्ट्री, हिटर, अटोमेटिक क्लाइमेट कन्ट्रोल, सेन्ट्रल लकिङ, पावर विन्डो, टिल्ट स्टेरिङ, लेग रुम ल्याम्प जस्ता फिचर पाउन सकिन्छ ।

सिजी मोटोकर्पले स्वीफ्ट डिजायर फेसलिफ्ट भिएक्सआई भेरियन्टको मूल्य ३४ लाख २९ हजार र जेडएक्सआईको ३७ लाख ७९ हजार रुपैयाँ तोकेर बुकिङ खुल्ला गरेको हो ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment