ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, पाँचजना घाइते

बाँपीझ्याला, अमरगढी । डडेल्धुरामा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। जिल्लाको अमरगढी नगरपालिका–२ मा आज ट्र्याक्टर दुर्घटना हुँदा सोही वडाको कुस्मालीका गणेशबहादुर ऐरको मृत्यु भएको डडेल्धुरा प्रहरीले जनाएको छ।

दुर्घटनामा परी पाँच जना घाइते भएका र घाइतेको परिचय नखुलेको प्रहरीले जनाएको छ। से १ त ३८१३ नम्बरको ट्र्याक्टर कच्ची सडकबाट केही तल खसेको र घाइते सबैको डडेल्धुरा अस्पतालमा डडेल्धुरामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए। दुर्घटनाबारे अनुसन्धान भइरहेको उनले बताए।

दोलखाको चाडपर्ब तथा जात्राहरु

You May Also Like

More From Author

+ There are no comments

Add yours