Search

नेकपा रामेछाप नगर समितिको सन्देश – हामी एक छौं’(विज्ञप्तिसहित)

नेकपा रामेछाप नगर समितिको सन्देश – हामी एक छौं’(विज्ञप्तिसहित)

बाँपीझ्याला, काठमाण्डौं । नेकपा रामेछाप नगर समिति नेकपाको मुल पार्टी र सस्थापन पक्षमा रहने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पौष ५ गते संसद विघटन गरेपछि दुई समूहमा विभाजित भएका नेकपा अहिले पनि देशभर ओली समूह र प्रचण्ड–माधव समूहमा विभाजित भएको छ ।

देशभर अहिले केन्द्रीय राजनीतिको प्रभावमा समूह गत कार्यक्रम तथा भेलाहरु भई रहेको बेलामा रामेछाप नगर समितीले भने एक भएर अगाडि बढ्ने निर्णय गरेका छन् । तत्कालीन एमाले र माओवादी एकता भएपछि बनेको नेकपा अहिले दुई समूहमा विभाजित भएका छन् ।

दुई समूहमा विभाजित भएका नगर समितिका नेताहरु लामो समयदेखिको छलफल र बहसपछि एक हुने निर्णय गरेको नेकपा नगर समितिको अध्यक्ष मोतिलाल तामाङले बताए । उनले रामेछाप नेकपाको सस्थापक महासचिव पुष्पलाल श्रेष्ठ र गंगाल श्रेष्ठको जन्म भूमिमा कम्युनिष्टहरु सधै एक हुने निर्णय गरेको बताए ।
नगर समिति सदस्य होतराज ढकालले नेकपा एक भएको सन्देश देशभरी दिन पुष्पलाल र गंगालालको भूमिबाट यो अभियान सुरु भएको बताए । उनले रामेछापन नगर समितिमा नेकपा एक भएको बताए । उनले यो विषयमा कसैलाई पनि दुविधा नराख्न आग्रह गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेरको संसद विघटन असंबैधानिक भएको ढकालले बताए । उनले नगर भित्र रहेको सबै नेकपाको शुभचिन्तक तथा नेता कार्यकर्तालाई पार्टी एक भएको र कसैलेपनि दुविधा नराखी पार्टी निर्माणमा लाग्नसमेत आग्रह गरेका छन् ।

त्यस्तै कार्यालय सदस्य रोशन पाख्रिनले पहिले पार्टी एक नहुँदाको अवस्थामा आफूहरुले धेरै समस्या भोगेको र जुटेपछि आम कम्युनिष्ट पार्टीमा आस्था राख्ने शुभचिन्तक र समर्थकहरुका खुसी आइरहेको बेला फेरी फुट्दा सबै निरास भएको बताए । उनले भने,‘हिजो हामीलाई लडभन्दा लड्यौं, जुटभन्दा जुट्यौं तर अहिले रामेछाप नगर समिति फुटभन्दा फुट्दैनौं ।’ उनले माथिलाई हेरेरभन्दा पनि नगरपालिकाको अवश्यकतालाई मध्येनजर गरेर अगाडि बढेको बताए ।

त्यस्तै अर्को कार्यलय सदस्य नरेशबाबु श्रेष्ठले रामेछाप नगर समिति पुष्पलाल र गंगालालको विरासतलाई जोगाउन लाग्ने बताए । उनले नेकपालाई जोगाउने र पुष्पलाल र गंगालालको बिरासतलाई जोगाउन एक हुनुको विकल्प नभएको पनि बताए ।


रामेछाप नगर समितिको कार्यालय सदस्यहरुले आज विज्ञप्ति निकालेर एक भएको सन्देश दिएको छ । उनीहरुले प्रधानमन्त्रीले गरेको संसद विघटनले रामेछाप नगर समितिको ध्यानाकर्षण भएको जनाएको छ । समितिले सबै शुभचिन्तक तथा आम कार्यकर्तालाई नेकपाको पक्षमा लाग्न र पार्टी निर्माणमा एक जुट हुन आग्रह गरेको छ ।

त्यस्तै कार्यालय सदस्य इन्दिरा बख्रेलले आफूहरुले कम्युनिष्ट पार्टी निर्माणमा रामेछाप रक्तबिजको रुपमा रहेकाले आफूहरुले त्यसलाई संरक्षण सम्बर्धन गर्न लागेको बताए । अरु जहाँ जेभएपनि रामेछाप नगर समितिमा एक हुने उनले बताइन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!