Search

ओई प्यारी भन्दै आए निशान

ओई प्यारी भन्दै आए निशान

बाँपीझ्याला, काठमाण्डौं । ‘नेपाल आइडल’को पहिलो सिजनमा फस्ट रनरअप भएका गायक निशान भट्टराई र गायिका एलिना चौहानको स्वर रहेको नयाँ गीत ‘ओई प्यारी’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । अनिश घिमिरेको शब्द रहेको गीतमा अनिल बिरहीको संगीत दिएका छन् । गीतमा केबी भन्डारीको एरेन्ज रहेको छ ।

भिडियोमा एक प्रेम जोडीको कथा समेटिएको छ । पियारीलाई घरमा बस्न र आफू जन्ती लिएर आउने कुरा गीत मार्फत प्रेमिकालाई प्रेमीले अनुरोध गरेका छन् ।
भिडियोमा टीका जैसी र अज्ञात सायरको अभिनय रहेको छ । बिक्रम चौहानको निर्देशन रहेको भिडियोलाई प्रकाश खड्काले छायाँकन गरेका हुन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!