०५ माघ, बाँपीझ्याला, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो ५६ औं वार्षिकोत्सब मनाएको छ । बैकंको केन्द्रीय कार्यालय परिसरमा सिहंंदरवारमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त रक्तदान कार्यक्रममा १७१ जनाले रक्तदान गरेका छन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले विभागीय प्रमुख विनयरमण पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरिएका थिए ।
साथै, बैंकले वार्षिकोत्सबको उपलक्ष्यमा ब्याडमिन्टन, टेबलटेनिस, म्यूजीकल चेयर, प्रतियोगिताको पनि आयोजना गरिरहेको छ । बैंकले ५४ औं वार्षिकोत्सवको अवसरमा बैकंले वित्तीय चेतनामुलक प्रभावकारी कार्यक्रमको आयोजना पनी गर्ने जनाएको छ ।