बाँपीझ्याला, काठमाण्डौं । लक्ष्मी बैंकले लोहत्से बहुउदेश्यीय प्राईभेट लिमिटेडको सहभागितामा बस टिकट बुकिङ्ग सेवाको भुक्तानी गर्न पाउने गरि एक थप सुविधा ल्याएको छ। अब बसको टिकट खरिद गर्दा ग्राहकले मोबाई मनी-वालेटबाट क्यूआर स्क्यान गरी फोनपे नेटवर्क अन्तर्गत भुक्तानी गर्न सक्ने बैंकले विज्ञप्ति मार्फत जानकारी दिएको छ।
क्यूआरद्धारा बस टिकटको भुक्तानी गर्न पाउने सेवा ततकाल काठमाडौँको गोंगबु बसपार्कको टिकट काउन्टरहरुमा उपलब्ध छ। क्यूआर भुक्तानीले ग्राहकहरुलाई छिटो एव छरितो सहज रुपले भुक्तानी गर्न सक्ने बिश्वास बैकले लिएको छ।
यस्तै बैंकले विगतमा क्यूआर भुक्तानीलाई अस्पताल, शपिङ मल, इन्टरनेट प्रदायक लगायत विभिन्न साना-ठूला व्यापारिक संस्थाहरुमा सञ्चालन गर्दै आएको छ।