Search

सम्पदा संरक्षणमा काठमाडौँ महानगरपालिका एकाग्र छः प्रमुख शाक्य

सम्पदा संरक्षणमा काठमाडौँ महानगरपालिका एकाग्र छः प्रमुख शाक्य


बाँपीझ्याला, काठमाण्डौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले मुर्त–अमुर्त सम्पदाको संरक्षणमा काठमाडौँ महानगरपालिका एकाग्र भएर लागेको बताउनु भएको छ । वडा नं. २१ स्थित लगन टोलमा रहेको ऐतिहासिक कीर्तिपुण्य महाविहारको आगँ छेँ पुनःनिर्माणको शिलान्याश गर्दै शाक्यले यस्तो बताउनु भएको हो । ‘काठमाडौँ ऐतिहासिक र सांस्कृति शहर हो । यहाँ लामो समयदेदेख जीर्ण बनेका सयौँ सम्पदा छन् । यिनीहरुको संरक्षण गर्नु राज्य र हाम्रो पनि दायित्व हो,’ शाक्यले भन्नुभयो, ‘अब पनि हामीले सहयोग नगरी त्यस्तै अवस्थामा छाडिदिने हो भने जीर्ण बनेका सम्पदा भग्नावशेष अवस्थामा पुग्ने निश्चित छ ।’


शाक्यले परम्परा, इतिहास, सँस्कृति र सस्कारलाई जीवन्न बनाउन सबैको हातेमालो आवश्यक रहेको स्मरण गराउनुभयो । ‘हाम्रो परम्परा, इतिहास, सँस्कृति र सस्कारलाई जोगाउने काम गुठियारहरुले गरिरहेका छन्,’ शाक्यले भन्नुभयो, ‘यस्तो अवस्थामा जीर्ण सम्पदाहरुको संरक्षणमा राज्यको पनि सहयोग हुँदा उहाँहरु थप उत्साहित हुनुभएको छ । महानगरवासी अहिले काठमाडौँ महानगरपालिकाले सम्पदान संरक्षणका लागि लगानी गरेको देखेर थप आशावादी बन्नुभएको छ ।’

शाक्यले अहिले महानगरपालिकाले सम्पदा निर्माण, पुनःनिर्माणमा गरेको लगानी सयौँ वर्षका लागि हुने स्मरण गराउनुभयो । ‘हामी जनप्रतिनिधि अस्थायी हौँ । तर, यो कार्यकालमा सम्पदा निर्माण–पुःनर्मिाणसँगै सम्पदा संरक्षणका लागि गरिएका कामहरु यहाँका बासिन्दाका लागि स्थायी हुन,’ उहाँले भन्नुभयो, ‘काठमाडौँमा मुख्य गरेर १८ ओटा विहार रहेका छन् । त्यो मध्येको लगं बहाः एक महत्वपूर्ण विहार हो । प्राचिनकालमा दक्षिण कोलिग्राम सभ्यताले परिचित काठमाडौँको तल्लो भेगको क्षेत्र (कोने) मा अवस्थित लगं बहाः ऐतिहासिक तथा पुरातात्विक महत्वको बिहार हो । बुद्ध शासनकालसँग जोडिएको यो ऐतिहासिक बिहारको पुनःनिर्माणसँगै यहाँका स्थानीयहरु थप उत्साहित बन्नुभएको छ ।’


आफ्नो पुर्खाले आफ्नै आयस्रोतबाट निर्माण गरेको ऐतिहासिक विहार जीर्ण बनेका बेला स्थानीय सरकारको तर्फबाट सहयोग गर्न पाउँदा गौरव लागेको पनि उहाँले बताउनुभयो । स्थानीय सम्पदाको संरक्षण गुठियारहरुले नै गर्नुपर्छ सरकारको काम भनेको ढल, बाटो–घाटोको निर्माण मात्रै हो भन्ने परम्परा रही आएको भन्दै पछिल्लो समय त्यो परम्परा तोड्दै महानगरपालिकाले अघि बढेको स्मरण गराउनुभयो ।


‘ऐतिहासिक, धार्मिक र पुरात्वात्विक महत्वका सम्पदाको संरक्षण गर्नुपर्छ भनेर काठमाडौँ महानगरपालिकाले प्रयाप्त बजेट विनियोजन गरेको छ,’ शाक्यले भन्नुभयो, ‘अहिले काठमाडौँ महानगरपालिका क्षेत्र भित्र रहेका अधिकांश गुठियार र महानगरवासी राज्यले हाम्रो कुरा सुन्यो, भग्नावशेष अवस्थामा पुगेको सम्पदा निर्माण–पुनःनिर्माणका लागि सहयोग भयो । सम्पदा बचाउन राज्यले पहलकदमी लियो भनेर उत्साहित हुनुभएको छ ।’


केही सम्पदा निर्माण–पुर्ननिमाणमा गुठियार–गुठियार बिचमै उत्पन्न विवादलगायतका कारणले ढिलाई भएको पनि उहाँले जानकारी दिनुभयो । उहाँले स्थानीयहरुले सहमति लिएर आएको अवस्थामा ऐतिहासिक, धार्मिक र पुरात्वात्विक महत्वका सम्पदा निर्माण–पुर्ननिर्माणका लागि सहयोग गर्न महानगरपालिका तयार रहेको उहाँको भनाई छ । ‘कतिपय ठाउँमा ऐतिहासिक, धार्मिक र पुरात्वात्विक महत्वका सम्पदामा महानगरपालिकाको सहयोगमा निर्माण भएपछि त्यसको सम्पूर्ण स्वामित्व महानगरपालिकाले नै लिने हो कि भन्ने भ्रम पनि पैदा हुने गरेको छ,’ शाक्यले भन्नुभयो, ‘सयौँ वर्षदेखि गुठियारहरुले आफ्नो सँस्कृति परम्परालाई जीवन्त बनाउँदै आउनु भएको छ । उहाँहरुलाई राज्यले सहयोग मात्रै गर्ने हो ।’


शाक्यले कतिपय अवस्थामा पुरातत्व विभागले समन्वय नगर्दा, राजनीतिक र व्यक्तिगत स्वार्थले अवरोध गर्दा सम्पदा निर्माण–पुर्ननिर्माणमा अवरोध भएको पनि गुनासो गर्नुभयो ।
काठमाडौँ महानगरपालिका हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रम अन्तरगत पुनर्निर्माण हुन लागेको कीर्तिपुण्य महाविहारको आगँ छेँ को लागत २ करोड ८५ लाख रहेको छ । २०७८ मंसिरसम्म सम्पन्न गर्नुपर्ने कार्यादेश पाएको निर्माण कम्पनी तुलसी कन्स्ट्रक्शनले समयमै निर्माण सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । महानगरपालिकाले यस अघि नै लगं बहाः भित्रै अवस्थित दिगुद्यः पनि पुनर्निर्माण सम्पन्न गरको छ । २०७२ सालको शक्तिशाली भूकम्पले क्षतिग्रस्त भएको दिगुद्यः को पनि मेयर शाक्यले नै उद्घाटन गर्नुभएको थियो ।


दिगुद्यः लगं बहाः अन्तर्गत रहेका सम्पूर्ण शाक्य तथा वज्राचार्यहरूको कुलदेवता (दिगुद्यः) का रूपमा पुजिने गरेको भन्दै स्थानीय कुलभक्त शाक्यले उपत्यकाका अधिकांश नेवार समुदायको कुलदेवता प्रायः घरभन्दा टाढा खुल्ला चउरमा रहने भए पनि घर छेउमै बहाल भित्र कुलदेवता रहेको लगं बहाः नै रहेको बताउनुभयो । हरेक वर्ष देवालीका दिन लगं बहाः अन्तर्गत रहेका शाक्य र वज्राचार्य समुदायको देवाली पूजा (देपुजा) पनि यही मन्दिरमा मनाउने गरेकाले पनि विहारको थप महत्व रहेको शाक्यले जानकारी दिनुभयो ।


‘प्राचिनकालमा दक्षिण कोलिग्राम सभ्यताले परिचित काठमाडौँको तल्लो भेगको क्षेत्र (कोने)मा अवस्थित लगं बहाः ऐतिहासिक तथा पुरातात्विक महत्वको बिहार हो,’ शाक्यले भन्नुभयो, ‘प्रताप मल्लको पालामा नै बौद्ध विहार अस्तित्वमा रहेको इतिहास छ । यो क्षेत्रमा प्रताप मल्लका छोराहरु नृपेन्द्र मल्ल र चक्रबदेन्द्र मल्लका पालाका शिलालेखहरु तथा चैत्यहरु अहिलेसम्म पनि यत्रतत्र छरिएर रहेका छन् ।’


महाविहार रेखदेख समितिका सदस्य सुगन्धरत्न शाक्यले लगन टोलका शाक्य र बज्राचार्यहरुका इष्ट देवताको मन्दिर निर्माणसँगै विहार निर्माणमा महानगरपालिकाले सहयोग गर्दा उत्साहित भएको बताउनुभयो । कपिलवस्तुबाट शाक्यहरु लखेटिएपछि यो ठाउँमा आएर बस्ती बसालेको र उनीहरुले नै विहार निर्माण गरेको शाक्यको भनाई छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment