Search

पूर्व प्रधानमन्त्री प्रचण्डको टाउकोमा लठ्ठी खाने रहर

पूर्व प्रधानमन्त्री प्रचण्डको टाउकोमा लठ्ठी खाने रहर

बाँपीझ्याला, काठमाण्डौंं । पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगतमा गिरिजाप्रसाद कोइराला जस्तै यसपटक आफूलाई आन्दोलनमा टाउकोमा लाठी खान मन लागेको बताएका छन् । यसै गरी उनले प्रतिक्रान्तिकारीको मुटु हल्लिने खालको आन्दोलन गर्न युवा तथा विद्यार्थीलाई आग्रह गरे ।


अनेरास्ववियुको कार्यक्रमलाई आइतवार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले माघ ९ गते काठमाडौंमा हुने प्रदर्शनमा आफू अग्रपंक्तिमा बस्ने बताए । ‘प्रतिक्रान्तिकारीहरूको मुटु हल्लिने आन्दोलन चाहियो । ९ गते अलिकति म्यासिभ्ली जाने सोचेका छौं । अग्रपंक्तिमा हामी हुन्छौं र हिजो गिरिजाप्रसाद कोइराला, माधवजी र झलनाथजीले जस्तै लाठी खान मन छ ।


मलाई किन–किन टाउको चिलाएको छ । तपाईंहरू पछाडि बस्दा लाठी खान मन छ, त्यो स्प्रिटमा छु,’ प्रचण्डले भने । प्रचण्डले देशलाई अँध्यारो सुरुङमा धकेल्ने षडयन्त्र भइरहेको आरोप लगाए । ‘निकै ठूलो षडयन्त्र भएको छ, देशलाई अँध्यारो सुरुङमा धकेल्न सेटिङ भन्ने डरलाग्दो शब्द प्रयोग भइरहेको छ,’ प्रचण्डले भने ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!