Search

मिलनचोक बुटवलमा एकै ठांउमा १० बैंकका एटिएम

मिलनचोक बुटवलमा एकै ठांउमा १० बैंकका एटिएम

०३ माघ, बाँपीझ्याला, काठमाण्डौं । लुम्बिनी प्रदेशमै पहिलो पटक एकैथलोमा सबै बैंकहरुको एटिएम सेवा सञ्चालन हुने भएको छ । वुटवल मिलनचोक स्थित वुटवल सिटि सेन्टर भित्र यू.पि. लिङ्कस प्रा.लिले एटिएम सेन्टर (लाउन्ज) सञ्चालन गर्ने भएको हो ।

संघीय राजधानी काण्ठमाडौं र पोखरापछि उपत्यका वाहिर बुटवलमा यो सुविधा शुरु हुन लागेको प्रालिका सञ्चालक जागृत पहाडीले बताए ।

यो सेवाले उपभोक्ताहरुले बैंकिङ कारोबारका लागि अन्यत्र भौतारिनुपर्ने र बैंकको लामो लाईनमा बस्नुपर्ने समस्याबाट छुटकारा पाउने उनले बताए ।

१० वटा बैंकको एटिएम सेवा सिटि सेन्टरमा सञ्चालन गरिने पहाडीले बताए । उनले अहिले संरचना निर्माण भइरहेको बताउदै चैतसम्मा सेवा शुभारम्भ हुने बताए । बुटवल सिटि सेन्टर अत्याधुनिक रुपमा सञ्चालनमा आउदैछ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!