Search

लघुकथा – विवशता

लघुकथा – विवशता
मिसु श्रेष्ठ

दोलखा जिल्ला भीमेश्वर नगरपालीका वडा नं.–२, डोक्छे टोलमा बुबा हर्कबहादुर श्रेष्ठ र आमा पुजालक्ष्मी श्रेष्ठको कोखबाट २०३२ साल कार्तिक १४ गते जन्मनु भएकी जेठ्ठी आयुष्मती सुपुत्री मिसु श्रेष्ठ हुनु हुन्छ । बि.एड, एम.ए समाजशास्त्रमा शिक्षा हासिल गरिसकेका श्रेष्ठ हाल शिक्षण पेशामा संलग्न हुनुहुन्छ ।
बाल्यकाल देखिनै साहित्य क्षेत्रमा रुचि राख्दै दोलखा जिल्ला र ऐतिहासिक साँस्कृतीक शहर दोलखाबाट प्रकाशित चिमाल, आँखा, दोलखा ज्योती, द्वाल्खा नेवाः भाषाबाट प्रकाशित बाँपीझ्याला मासिक, बाँपीझ्याला अनलाईन, कुल्सी, अभयपुर जस्ता स्थानिय पत्रपत्रिकामा रचना प्रकाशित गर्दै आउनु भएका छन् । यसै गरी श्रेष्ठले गौरीशंकर क्याम्पस चरिकोट दोलखाको बार्षिक कविता प्रतियोगितामा द्वितीय पुरस्कार, तिलिञ्चो परिवारद्वारा आयोजित कविता प्रतियोगितामा प्रथम पुरस्कारबाट पुरस्कृत हुनुभएको थियो ।
हाल वहाँको द्वाल्खा नेवाः भाषामा प्रकाशित बाँपीझ्याल अनलाइन पत्रिका र सामाजिक संञ्चाल मार्फत हाइकु, मुक्तक, गजल, कविता र लघुकथा प्रकाशित छन् ।

वहाँले पछिल्लो पटक हामीलाई उपलब्ध गराउनु भएको आधुनिक नेपाली लघुकथा “विवंशता” लाई बाँपीझ्याला डटकम अनलाईनमा प्रकाशित गरेका छौं ।बाँपीझ्याला डटकम अनलाईन पत्रिका, दोलखा जिल्लावासी दाजुभाई दिदीबहीनीहरु, अनी दोलखावासीको तर्फ र सम्पूर्ण शुभचिन्तकहरुको तर्फबाट स्रष्टा मिसु श्रेष्ठज्यूको सु–स्वास्थ, दिर्घायुको साथै दिर्घ जीवन, उन्नती र प्रगतिको कामना समेत गर्दछौं ।

४–५ घण्टाको बाटो हिँडेर आएका सेवाग्राही निवेदन लिएर दर्ता फाँट जान्छन्, हेर्छन् सर्क्क फर्कन्छन् । एवं रितले यो क्रम चलिरहन्छ ।
यो सबै देखिरहेकी तीन महिने स्वयंसेवकको रुपमा कार्यरत अमिताले चौरमा घाम तापिरहेका मध्येका पाका देखिने व्यक्तिसँग गुनासो गर्दै थिइन् “सर दर्ता फाँटमा मानिस आउँदै फर्कदै गर्न थाले ।”

“आ ! आउदै गर्छन् नि ! यहाँ जाडोमा।बरु यिनले पनि जिउ तताउन् न यतै उतै ।“ अपेक्षित भाव व्यक्त गरे ।

हैन यिनीहरू धेरै टाढाबाट आएका हुन् । बेलैमा जान पाएनन् भने घर पुग्न ढिला हुन्छ । यस्तो बिजोग त पार्न भएन नि।“ अमिताको असन्तोष ।

“ह्याँ बसुन् न सदरमुकामको होटेलमा मिठो भात खाएर । कति घरको रुखो खाउन् । “उनले हल्का रुपमा भने ।

“त्यस्तो हैन सर यिनीहरूसँग यहाँ बस्ने खाने पैसा हुदैन । बेलैमा काम सकाएर पठाइ दिऔं न ! एकैक्षणको काम त हो नि । “अमिता चिन्तित भइन् ।

“नानी तिमीले जागिर खान जानेकी रहेनछौ, जसले जे भन्छ त्यही मान्न थाले त हेपि हाल्छन् नि ! “उनी केही दृढ हुदै बोल्दै थिए ।
अमितालाई उदेक लाग्यो । केही सम्झे झैं गरि सभापतिको कार्यकक्षामा पुगिन्। सभापति निकै व्यस्त थिए ।
“भन अमिता के गुनासो लिएर आयौ ?“

उनलाई कताकता घोचे झैं महसुस भयो, के म नाजायज गुनासा लिएर आउछु र ? झसोच्दै आफ्ना असन्तुष्टि सुनाइन् ।

सभापतिले फोन लगाए ।
उनको अनुहारमा हर्षका रेखा कोरिनै लाग्दा तब झपक्कै कालो बाँदल मडारियो जब मिटिङ्गको लागि ५ मिनेटमै आइपुग्छु भनी फोन राखे ।

जान तयार हुदै सभापति भन्दै थिए “नानी तिम्रो गुनासो जायज हो । तिमी निस्वार्थी छौ तर म विवश छुँ ।“

“हजुर विवश ? “ प्रश्नसूचक दृष्टि लगाइन् ।

“हो ।“
“यी बिसौँ बर्ष देखि कार्यरत स्थायी कर्मचारी, हामी पाँच बर्षे कार्यकालको लागि निर्वाचित प्रतिनिधि सदस्य यिनले चाहे भने पूर्णावधि नरहन नि सक्छौँ ।”
सभापति भावुक देखिए ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!